उत्तरबाहिनी गुरुकुलमा बृहत सत्सङग, भण्डारीद्वारा एक लाख सहयोग

डिसी नेपाल
१ मंसिर २०७६ १२:५७

काठमाडौं । संस्कृतिविद् प्राध्यापक डाक्टर ऋषिराम पोखरेल, डाक्टर चिन्तामणि योगी लगायतका विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा राजधानीको गोकर्णेश्वर नगरपालिकास्थित उत्तरबाहिनी गुरुकुलमा बृहत् सत्सङग कार्यक्रम सम्पन्न भएको छ।

गोकर्णेश्वर नगरपालिका धार्मिक समितिले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले प्राचिन धर्म संस्कृतिको जर्गेना गर्न सबै एकजुट हुनुपर्ने बताएका थिए ।

गोकर्णेश्वर क्षेत्र हिन्दु धर्म संस्कृतिको धरोहर भएको भन्दै वक्ताहरुले यहाँका प्राचिन संस्कृति तथा सभ्यताको संरक्षणमा नगरबासी एक हुनुपर्ने धारणा राखे ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले पुरातन संस्कृतिको जर्गेनामा प्रतिबद्धता जनाउँदै समग्र नगरपालिकालाई धार्मिक पर्यटकीय हिसाबले चिनाउन काम भइरहेको बताए ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकर दीपक रिसालले धार्मिक तथा सांस्कृतिक सम्पदाहरु नै नगरपालिकाको वास्तविक परिचय भएको बताए ।

धर्मिक समिति संयोजक पण्डित दिवाकरप्रसाद भण्डारीले आफ्नो मातहतको समिति मार्फत् भइरहेका गतिविधिबारे जानकारी दिए । धार्मिक समितिका सदस्य कुलप्रसाद पुडासैनीले धर्म नै हाम्रो परिचय हो भन्दै पूर्वीय संस्कृतिको रक्षामा सबै एकाकार हुनुपर्ने बताए ।

सोही अवसरमा गोकर्णेश्वर–८ निवासी समाजसेवी दिपकसिंह भण्डारीले गुरुकुलको सहयोगार्थ नगद एक लाख एक सय ५ रुपैयाँ हस्तान्तरण गरे । भण्डारीले गुरुकुल जस्ता प्राचिन शिक्षालयको प्रवद्र्धन गर्न सकेमा मात्र हाम्रो गौरवशाली पूर्वीय संस्कृति सुरक्षित हुन सक्ने धारणा राखे ।

विभिन्न सामाजिक संघ संस्थामा निरन्तर क्रियाशील भण्डारीले धार्मिक, शैक्षिक सहित समग्र सामाजिक क्षेत्रमा सबै खाले सहयोग गर्दै आएका छन्।

गुरुकुलका लागि आर्थिक सहयोग उपलब्ध गराउनु भएकोमा गोकर्णेश्वर नगरपालिका धार्मिक समिति, गुरुकुलका प्रिन्सिपल श्रीराम अधिकारी लगायतले भण्डारीलाई विशेष धन्यवाद दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *