‘दण्डहीनता’विरुद्ध राज्य जिम्मेवार हुनुपर्नेमा जोड

डिसी नेपाल
८ मंसिर २०७६ १६:३३

सुर्खेत । कर्णाली प्रदेशका पत्रकार तथा सञ्चारकर्मीले ‘दण्डहीनता’ लोकतन्त्रको दुर्वल पक्ष भएको बताएका छन् । विश्व अन्तर्राष्ट्रिय दण्डहीनताविरुद्धको दिवसका अवसरमा नेपाल पत्रकार कर्णाली तथा जिल्ला महासंघले आयोजना गरेको प्रेस स्वतन्त्रता ¥याली एवं कोणसभाका वक्ताले ‘दण्डहीनता’ ले प्रेस स्वतन्त्रता खोसिएको औँल्याए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले प्रेसजगत्लाई राज्यले उचित संरक्षण नदिँदा पत्रकार बेलाबेलामा समस्यामा पर्ने गरेको बताए ।

महासंघ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापाले ‘दण्डहीनता’ले समाजमा आपराधिक घटना बढ्न थालेको जिकिर गरे । उनले भने “प्रेसजगतमा मात्र नभएर समाजमा ‘दण्डहीनता’विरुद्ध राज्य स्वयं जिम्मेवार हुनुपर्दछ । अन्यथा लोकतन्त्रको मूल्य र मान्यता खतरामा पर्छ, जसको असर नागरिकमाथि पर्छ ।”

रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले समाचार लेखेकै कारण धेरै पत्रकार–सञ्चारकर्मी चौतर्फी आक्रमणमा पर्ने गरेको बताए। राज्यबाट सबै पत्रकार सञ्चारकर्मीसहितको सुरक्षा हुनुपर्नेमा जोड दिँदै पत्रकार धमलाले पत्रकारहरु व्यावसायिक र एकीकृत भएर अघि बढ्न आवश्यक रहेको समेत औंल्याए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *