छ महिनामा दुईहजार बढी फरार अभियुक्त पक्राउ

डिसी नेपाल
२३ मंसिर २०७६ १६:१२

चितवन । जिल्ला प्रहरी कार्यालय चितनवनका अनुसार ६ महिनामा विभिन्न मुद्दामा फरार अभियुक्त तथा आपराधिक घटनामा सङ्लग्न २ हजार ६ सय पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार ७८ फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाइएको छ ।

विभिन्न आपराधिक घटनामा सङ्लग्न रही अदालतको फैसलाबाट कैद जरिवाना तोकिएका ७५ पुरुष र ३ महिला छन् । प्रहरीका अनुसार अनुपातमा अभियुक्तहरुले ६ महिनादेखि २ वर्षसम्म कैद सजाय पाएका छन् । उनीहरुबाट ७ लाख ८३ हजार ५ सय जरिवाना असुल गरिएको छ । अपराध मुद्दामा ४ सय ४६, अभद्र व्यवहारमा ४ सय १३ जनालाई सरकारी वकिलको कार्यालयमार्फत मुद्दा चलाइएको छ ।

अवैध सट्टेबाजी, नेटवर्किङ ठगी, चोरीको मोटरसाइकल किनबेच गर्ने गिरोह पक्राउ गर्न प्रहरी सफल भएको छ । ‘क्लिन चितवन अभियान” अन्तर्गत विभिन्न घटनामा सङ्लग्न १ हजार ७ सय ४७ लाई सोधपुछ तथा परार्मश गरी छाडिएको छ ।

यस्तै, जबरजस्ती वेश्यावृतिमा लगाउने ५ जनालाई पक्राउ गरी छुट्टाछुट्टै ३ वटा मानव बेचविखन तथा ओसारपसार मुद्दा चलाइएको छ । जुवातास खेल्ने १ सय ३३ लाई पक्राउ गरी छुट्टाछुट्टै १६ वटा मुद्दा चलाएको प्रहरीले जनाएको छ ।

चितवन प्रहरीले अवैध लागुऔषध खरिद विक्री तथा ओसापसार गर्ने ६७ जनालाई पक्राउ गरी छुट्टाछुट्टै ४० जनालाई मुद्दा चलाएको छ । जिल्लाको पहाडी क्षेत्रमा अवैधरुपमा लगाइएको १ सय ५० विघा गाँजा नष्ट गरेको छ । जिल्लमा ६ महिनाको अवधिमा सवारी नियम उलङ्घन गरी सवारी चलाउने २१ हजार ५ सय १३ वटा सवारी तथा सवारी चालकलाई कारवाही गरिएको छ । उनीहरुबाट १ करोड ६९ लाख २४ हजार राजश्व सङ्कलन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *