इतिहासकै दुर्लभ घटना, ६ वटा ग्रह एक स्थानमा आउँदै, विश्वमै नयाँ परिवर्तनको संकेत

डिसी नेपाल
४ पुष २०७६ २०:३८

काठमाडौं । आगामी २०७६ साल पुस १० गते बिहिवार डिसेम्बर २६ तारिखका दिन खण्डग्रस सूर्यग्रहण मूल नक्षत्र धनुराशिमा लाग्दै छ । बिहान ८ बजेर ४२ मिनेट बाट सुरु सुरुहुने उक्त ग्रहण बिहान १० बजेर १ मिनेटमा मध्यम अबस्थामा रहेने छ । बिहानै ११ बजेर ३१ मिनेटमा पूर्णरुपमा ग्रहणले छोड्ने दक्षिण एसियाली ज्योतिष महासंघ नेपालका महासचिव सुरेश चन्द्र रिजाले बताए। उक्त ग्रहणको अबधि २ घण्टा ४९ मिनेट सम्म रहने छ । ६ वटा ग्रहहरु एकैस्थानमा रहेर लाग्न लागेको ग्रहण हुनाले पनि विशेष रुमा हेरिरहेको छ । यो एकदमै दुर्लभ खगोलिय धटना हो ।

जोतिष रिजालका अनुसार मूल नक्षत्र तथा धनु राशिमा लाग्ने ग्रहणको विभिन्न राशिमा पनि यसको प्रभाव पर्दछ । विशेषगरी कन्या, धनु, वृश्चिक,मिथुन, सिंह,वृष, मेष, तथा मकर राशिमा जन्मिएका मानिसका लागि नकारात्मक प्रभाव पर्ने हुदा सावधानी अपनाउनु पर्ने देखिएको छ । ग्रहण हेर्न नहुने वताईएको छ । कर्कट,तुला, कुम्भ तथा मीन राशिहुनेहरुका लागि भने विषेश फाईदा रहनेछ । पुस ९ गते राति ८ बजेर ४२ मिनेट बाट नै बालक,बृद्द तथा रोगि वाहेकले भोजन गर्न नहुने शास्त्रमा उल्लेख गरिएको छ । एस्तो अबस्थालाई सुतक काल भनेर भनिएको छ । सुतक ग्रहण लाग्नु भन्दा १२ घण्टा अगाडि देखि नै सुरु हुने गर्छ । यो ग्रहण बिशेष गरि भारतको नाम र राशिमा लाग्ने हुदा भारतमा यसको प्रभाव उच्चरहने छ । बिशिस्ट व्यक्तिको मृत्यु समेत हुने छ ।

रिजालका अनुसार यसको प्रभाव पृथ्वीमा रहेका हरेक वस्तुमाथि फरक फरक तरिकाले पर्दछ । यस्ता खाले ग्रहण लागेको समयमा विभिन्न क्षेत्रमा प्रभाव पार्ने गर्दछ । बिशेष गरि पूर्वि तथा दक्षिणी देशहरुमा यसको प्रभमव उच्च रहने छ । ग्रहण लाग्ने राशिको हिसाबले पनि धनु राशिको दिशा पनि पूर्व नै हो यस कारणले पनि यी क्षेत्रमा धेरै प्रभाव पर्ने छ । राजनीति, व्यपार विदेश मुद्रा, सुन चादिको मुल्यमा वृद्धि, बिशिस्ट व्यक्तिको मृत्युु हुने जस्ता घटना एक पक्ष अघि र एक पक्ष पछि सम्म रहने छ । पक्ष भन्नाले १५ दिन अघि भन्ने बुझिन्छ । यसको प्रभाव पन्द्र दिन अघिदेखि नै पर्न सुरु गर्छ भने ग्रहण लागेपछि पनि करिव १५ दिन रहने छ । तर लागेपछिको समयभने तेत्ती खतरा नहुने तर सवारी तथा हवाई दुर्घटनामा भने सावधानी अपनाउनु पर्ने ज्योतिषीको सुझाब छ । यो खण्डग्रास सुर्य ग्रहण हो ।

ग्रहण प्रकृतिका लागि अद्भुत चमत्कार एक खगोलीय घटना हो । यसको गणना ईसाको चार हजार वर्ष पूर्व नै गणना भएको कुरा वेदमा उल्लेख छ । ऋग वेदमा भनिएको छ अत्री ऋषीका परिवारलाई मात्रै यस्तो खाले खगोलीय घटनाको गणना गर्ने ज्ञान थियो महर्षि अत्रीमुनि ग्रहणहरुको बारेमा जानकारी गराउने प्रथम आचार्य भएको विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ । वैदिक कालदेखि नै ग्रहणको अद्ययन तथा परिक्षण भएको प्रमाण भेटिन्छ ।

भौतिक विज्ञानले पनि स्विकारेको छ एन्टि रेडिएसनका रुपमा र आद्यात्मिकले पनि नकारात्मक शक्ति एक दमै हानिकारक हुन्छ र यसबाट बच्नका लागि आग्रह गरेका थिए । यसको स्रोत भनेको भनेको राहु र केतु नाम गरेका ग्रहहरुबाट नै आउने हो । त्यस कारण हरेक अ‍ैशी तथा पूर्णिमामा ग्रहण नलाग्नुको कारण नै राहुर केतुले गर्दा हो ।
वैज्ञानिक तथा खगोल विद्का लागि यस्ता खाले खगोलीय घटनाहरुलाई निक्कै महत्त्वका साथ हेरिने गर्दछ । एक पटक लागेको ग्रहण पुन दोहोरिन मानिसले धेरै लामो समय करिब दुई दशक पछिमात्रै ठिक यही समयमा यस्तै प्रकृतिको ग्रहण लाग्दछ । लामो समय कुर्नु पर्ने भएकाले पनि विशेष महत्त्वका साथ हेरिने गर्दछ ।

पृथ्वी आफ्नो अरविटमा घुमिरहेको छ । धुम्ने क्रममा सूर्यको परिक्रमा गरिरहेको छ । तेस्तै सूर्यले पनि आफ्नो अरविटमा पूरा सौर्य परिवारकै परिक्रामा गरिरहेको छ । चन्द्रमा आफ्नै अरविटमा पृथ्वीको चारैतिर परिक्रका गरिरहेको छ ।

परिक्रमाकै क्रममा जब चन्द्रमा सूर्य र पृथ्वीको मध्य भागमा आउदछ या एउटै लाईनमा (कन्जम्सम) पर्दछ यस्तो अवस्थामा न्यूमुन अमावस्य भनिन्छ । यस्तो अबस्थामा चन्द्रमाका कारणसूर्यको प्रकाश पृथ्वीमा आउन पाउदैन र पृथ्वीको जुन–जुन भागबाट उक्त सूर्यको प्रकाश देख्न पाईदैन तेहि स्थानलाई नै ग्रहण लागेको भनेर भनिएको हो । यसको ठिक बिपरित चन्द्रमा अपोजिट साईटमा गएको अबस्था रेखिय अबस्था हो । पृथ्वीको विपरीत तर्फ हुदा पूर्णिमा हुन्छ यस्तो अबस्थामा सूर्यको किरण पूर्णरुपमा चन्द्रमामा ठोकिएर पृथ्वीमा आउदछ । यदि यस्तो अबस्थामा राहु यो केतु ग्रहमद्ये कुनै एक नजिक गएको अवस्थामा या चन्द्रमाको प्रकाश छेकेमा चन्द्र ग्रहण लाग्दछ ।

ग्रहण कालमा कुनै नदि तलाउ तथा धार्मिक क्षेत्रमा गएर स्नानगर्नु पर्ने बिधान रहेको छ । साधना गर्ने मानिसका लागि यस्तो दिन अति उपयोगि मानिन्छ । दान तथा मन्त्रहरुको जपले यसको प्रभाव कमपर्ने शास्त्रमा उल्लेख गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *