सैनिक हवाई महानिर्देशनलयका महानिर्देशकद्वारा राजीनामा

डिसी नेपाल
७ पुष २०७६ १०:५९

काठमाडौं। नेपालको ‘एयर फोर्स’ मानिने नेपाली सेनाको सैनिक हवाई महानिर्देशनालयका महानिर्देशक उपथरी सुधिर श्रेष्ठ अचानक राजीनामा दिएका छन्। पुस १ गतेबाट लागू हुने गरी महानिर्देशनालयको जिम्मेवारी आफू भन्दा एक तह मुनिका सहायक रथी पाइलट घनेन्द्रबहादुर शाहलाई निमित्त प्रमुख भई काम गर्ने जिम्मेवारी दिएर उनले राजीनामा दिइ सोही दिनदेखि घर बिदा बसेका हुन्।

केही महिना अघि मात्र एक वर्षे कार्यकाल थप भएका उपरथी श्रेष्ठ अचानक किन घर बिदा बसे? भन्ने विवरण खुलिसकेको छैन। उमेरको हदले उनी चार महिनापछि अनिवार्य अवकाशमा जाँदै थिए।

सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले डिसी नेपालसँग कुरा गर्दै घरायसी कारण देखाउँदै राजीनामा दिएको र मन्त्रिपरिषदले उनको राजीनामा स्वीकृत समेत गरिसकेको जनाए। ‘उहाँले घरायसी कारण देखाउँदै राजीनामा दिनु भएकाे थियाे। पुस १ गतेकाे मन्त्रिपरिषद बैठकले उहाँकाे राजीनामा स्वीकृत पनि गरिसकेकाे छ,’ सैनिक प्रवक्ता पाण्डेले भने।

सैनिक मुख्यालय स्रोतका अनुसार उनलाई पदबाट राजीनामा दिन लगाइएको हो।

राजीनामा दिनु अघि श्रेष्ठले महानिर्देशनालयका विभागीय प्रमुखहरुलाई बोलाएर कर्तव्य पालनको शिलसिलामा काम गर्दा विभिन्न कुराहरु आउने बताएका थिए। सैनिक मुख्यालय स्रोतका अनुसार उनलाई पदबाट राजीनामा दिन लगाइएको हो।

लामो समयदेखि सैनिक हवाइ सेवाका विभिन्न विभागहरु भीभीआई उडान, ११ नम्बर बाहिनी र मध्य एयर बेस प्रमुम समेत भएर काम गरिसकेका श्रेष्ठ पछि महानिर्देशकको नियुक्तीबारे कुनै प्रक्रिया अगाडि बढेको छैन।

प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनामा आर्थिक पारदर्शिता कायम गराउन कडा रुपमा प्रस्तुत हुन थालेकाले सेनाको विभिन्न तहमा हलचल आएको छ। सैनिक हवाई महानिर्देशनालयको प्राविधिक सल्लाहमा नेपाली सेनाले हेलिकप्टरहरु खरिद गरिसकेको छ भने हालै मात्र अमेरिकाले दुईवटा स्काई ट्रक जहाज सेनालाई दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *