प्रदेशको अर्थतन्त्रको मेरुदण्ड कृषि : मुख्यमन्त्री पौडेल

डिसी नेपाल
७ पुष २०७६ १७:२३

हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशले कृषिलाई सबैभन्दा धेरै महत्व दिएको बताएका छन्। प्रदेश सरकारले हेटौँडा उपमहानगरपालिकासँगको सहलगानीमा निर्माण हुन लागेको फलफूल तथा तरकारीको अत्याधुनिक थोक बजारको विस्तृत अध्ययन प्रतिवेदनमाथि छलफल कार्यक्रममा मुख्यमन्त्री पौडेलले प्रदेशको अर्थतन्त्रको मेरुदण्ड कृषि भएको बताए।

उनले देशको कृषि क्षेत्रको आधुनिकीकरणका लागि व्यवस्थित थोक बजार स्थापना गर्न लागिएको बताए । प्रदेशको अर्थतन्त्रलाई बढाउने र हजारौंलाई रोजगार दिलाउने लक्ष्यसहित बजार निर्माण गर्न लागिएको उनले उल्लेख गरे।

कार्यक्रममा प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले कृषि बजार निर्माणपछि कृषि उपजको बजारीकरणका कारण किसानमा उत्साह छाउने बजार निर्माण सम्पन्न भएपछि हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गरिने बताए।

करीब ४३ करोड लगानीमा निर्माण गरिने थोक बजारमा हेटौँडा उपमहानगरपालिकाले ३० प्रतिशतसम्म लगानी गर्ने भएको छ । हेटौँडा उपमहानगरका प्रमुख हरिबहादुर महतले देशकै आधुनिक कृषि बजार हेटौँडामा स्थापना गरिनु उदाहरणीय कार्य भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *