छोरालाई स्कुल पुर्‍याउन हिँडेका बाबुको ट्रकको ठक्करबाट घटनास्थलमै मृत्यु

डिसी नेपाल
८ पुष २०७६ ११:०१

काठमाडौँ । काठमाडौँको गुर्जुधारामा ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार एक जनाको घटनास्थलमै ज्यान गएको छ भने एक जना घाईते भएका छन् ।

ट्रकको ठक्करबाट पर्वत, कुलीपोखरी–१ घर भई हाल चन्द्रागिरि नगरपालिका–७ चेकपोस्ट बस्दै आएका ४१ वर्षीय अर्जुनबहादुर केसीको ज्यान गएको प्रहरीले जनाएको छ ।

कलंकीको एलआरआई स्कुल अध्ययनरत छोरालाई पुर्‍याउन मोटरसाइकलमा हिँडिरहेका बेला प्रदेश ३–०२–००९ प ७६२१ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको ट्रकले ठक्कर दिएर फरार भएको प्रहरीले जनाएको छ।

बाबुसँगै मोटरसाईकलमा रहेका अर्जुनका छोराको अवस्था सामान्य रहेको र फरारट्रकको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

हिजो सोमबार मात्रै काठमाडौँको शुकेधारामा बसको ठक्करबाट चाबहिलको पशुपति बहुमुखी क्याम्पसमा अध्ययनरत छात्राको ज्यान गएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *