क्रुरताको ६ घण्टाः रक्सी खुवाएर सामूहिक बलात्कार, २७ किलोमिटर टाढा लगेर जलाए

डिसी नेपाल
१६ मंसिर २०७६ १०:५५

हैदराबाद। भारतको हैदराबादमा महिला डाक्टरमाथि क्रुरताको विरुद्ध देशभर प्रदर्शन भइरहेको छ । सडकमा उत्रिएका नागरिकले महिला सुरक्षामाथि प्रश्न उठाएका छन् । यता पुलिको जाँचमा कैयौं खुलासा भएका छन् । घटनाका बेला भएका विभिन्न गतिविधिका भिडियोसँगै घटना विवरण पनि खुलेको आज तकले समाचार लेखेको छ ।

पुलिसका अनुसार २७ नोभेम्बरका दिन महिला डाक्टरलाई ट्रक ड्राइभर र उनका साथीहरुले अपहरण गरे । आरोपीहरुले पीडितलाई सुनसान ठाउँमा लिएर गए र उनलाई जबरजस्ती रक्सी खुवाए त्यसपछि सामूहिक बलात्कार गरे । एक आरोपीले मुख र नाक दबाएर पीडितको ज्यान लिए । त्यसपछि त्यहाँबाट २७ किलोमिटर टाढा लगेर पेट्रोल हालेर लाश जलाए । शवको नजिकै पीडितको फोन घडी लुकाए ।

चारैजना आरोपी बाल्यकालका साथी हुन् । आरोपी मोहम्मद आरिफ ट्रक ड्राइभर हुन् । बाँकी तीनैजना क्लिनर हुन् । आरोपी नम्बर १ – नाम मोहम्मद आरिफ, उमेर २६ वर्ष, पढाइ १० कक्षा पास । आरोपी नम्बर २ – नाम शिवा, उमेर २० वर्ष । आरोपी नम्बर ३ – नाम नवीन कुमार, उमेर २० वर्ष, नवीन र शिवाको आपसमा नाता पर्छ । आरोपी नम्बर ४ – नाम चेन्ना केशवल्लु, उमेर २१ वर्ष, परिवार खेली गरेर गुजारा गर्छ, एक वर्ष पहिले उनको बिहे भएको थियो ।

पुलिसका अनुसार शिवाले सबैको लागि रक्सी ल्याएका थिए । आरिफले पीडितलाई सबैभन्दा पहिले जबरजस्ती बलात्कार गरेका थिए । आरिफ, नवीन शिवा तीनजना मिलेर पीडितलाई उठाएर सुनसान ठाउँमा लिएर गएका थिए । आरिफले नै उनको मुख र नाक दबाएर हत्या गरेका थिए । उनैले पेट्रोल खन्याएका थिए र शिवाले आगो लगाएका थिए ।

हैदराबाद केसको जाँचको क्रममा जो खुलासा भएका छन् त्यसबाट यही देखिएको छ कि रक्सीको नशामा लठ्ठ आरोपीहरुले डरलाग्दो घटना यसरी घटाए मानौं केही भएकै छैन । सबैजना पीडितलाई मारेर आगो लगाइ आरामसँग घर गए । पुलिसले पीडितको शव समसाबादको बाहिरी इलाकामा भेट्टाएको थियो । पुलिसको रिमाण्ड कपीका अनुसार २७ नोभेम्बरको रात १० बजेदेखि बिहान ४ बजेसम्म पूरै वारदातको घटना घटाइएको थियो । पुलिसको हिरासतमा रहेका चारैजना आरोपीलाई १४ दिनका लागि पुलिस हिरासतमा राखेर अनुसन्धान गर्ने समय दिइएको छ । मुद्दाको सुनुवाइ फास्ट ट्रयाक अदालतमा हुनेछ ।

डाक्टरसँग सामूहिक बलात्कार त्यसपछि शव जलाएको घटनाबाट देशभरमा आक्रोश छ । हैदराबादमा जुन पुलिस थानामा आरोपीहरुलाई राखिएको छ त्यसको सूचना पाएपछि केहीबेरमै सयौं मानिसहरुले थाना घेरेका थिए । हैदराबादबाट ५० किलोमिटर टाढा रहेको यो थानाअगाडि ‘हामीलाई न्याय चाहिन्छ’को नारा लगाउँदै स्थानीयले धर्ना बसे जसमा महिलाहरु र विद्यार्थीहरु पनि थिए । उनीहरु आरोपीहरुलाई बिना सोधपुछ र बिना सुनुवाइ छिटोभन्दा छिटो फाँसीमा झुण्ड्याउन माग गरेका छन् ।

घटनाले देशको राजधानी दिल्लीमा पनि आक्रोश छ । यो क्रुरताको विरुद्ध अनु दुबे नामकी युवती संसद भवन अगाडि धर्नामा बसेर रुन थालिन् । अनु दुबेको विरोध प्रदर्शनलाई निर्भयाकी आमाले पनि साथ दिइन् । निर्भयाकी आमाले हैदराबादको घटनाले फेरि २०१२ को याद ताजा गरेको बताइन् । २०१२ मा निर्भयालाई पनि बलात्कारपछि हत्या गरिएको थियो जुन घटनाले सिंगो देश हल्लिएको थियो ।

दिग्गज अभिनेता चिरञ्जीवीले एक भिडियो सन्देशमा भनेका छन् ‘यो तारिफको कुरा हो कि कम समयमै चारैजना आरोपीलाई समातियो । अब सडकमा फाँसी दिनु एकदमै सही तरिका हो, ती मानिसमा डर पैदा गराउने जो यस किसिमको सोच राख्छन् । अक्ष्य कुमार, शबाना आजमी, यामी गौतम, सलमान खान लगायतले पनि यस विषयमा प्रतिक्रिया दिँदै आक्रोश व्यत्तः गरेका छन् ।

डाक्टरलाई न्याय दिलाउने अभियान तीब्र हुँदै गएको छ । यसको लागि ट्वीटरमा ह्याशट्याग आरआइपी प्रियंका रेड्डी ट्रेण्ड गरिरहेको छ । उनीमाथि क्रुरताविरुद्ध आक्रोश र पीडा चारैतिर देखिएको छ । मानिसहरु यतिसम्म आक्रोशित छन् कि चारैजना आरोपीलाई बिना दलिल–अपिल अन द स्पट फाँसी दिन माग गरिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *