मुगुमा हिमपातः दृश्य मनोरम, जनजीवन कष्टकर (फोटोफिचर)

डिसी नेपाल
१८ पुष २०७६ १८:५१

मुुगु। हिमाली जिल्ला मुगु लगाएत कर्णालीका सबै जिल्लामा भारी हिमपात भएको छ। बिहीबार अपरान्हपछि लगतार हिमपात भएपछी मुगुको जनजीवन प्रभावित भएको छ ।

लगातारको हिमपातले मुगु जिल्लाको पुर्वी करान भेगका ९ वटै वडा, खत्याड गाउँपालिकाको खमाले, सेरी, कवा, चाकपाडे, लमेरा, कोटिल्लालगायत, सोरुगाउँपालिकाको सोरुकोट, धैना, कालै, रुम र छायाँनाथ रारा नगरपालिकाको रारा, ताल्चा विमानस्थल, बाम शोभा, लिउडी मुन्दु, कोटिल्ला झ्यारी, रोवालगायतका स्थानमा एक फिट सम्म हिउँ जमेको छ।

हिमपातको कारण नेपालगंज सुर्खेतबाट मुगु आउने यातायात र सवारी साधनहरु जुम्ला जिल्लाको गोठी ज्यूला र कालीकोटको नाग्मामा अलपत्र परेको छन् भने रारा घुम्न आउर्ने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई पनि निकै समस्या परेको छ।

अघिल्लो हिउँदमा माघको पहिलो साताबाट हिमपात भए पनि यो वर्ष एक महिना अगाडि नै हिमपात शुरु भएको छ। हिमपातसंगैको चिसोले बालबालिका, वृद्धवृद्धा र काममा निस्कने व्यक्ति बढी प्रभावित भएका छन्।

चिसोले गर्दा भेडा बाख्रासहित अन्य पशुचौपायालाई समेत समस्या भएकोे सोरु गाउँपालिकाका पदम बहादुर शाहीले बताए। बाक्लो हिमपातले शैक्षिक संस्था, सरकारी कार्यलयको कामकाज प्रभावित भएका छन्।

निजी बिद्यालय रारा डाइनामिक स्कुलको शुक्रबारको अर्धबार्षिक परीक्षा हिमपातका कारण बन्द गरीएको रारा डाइनामिक बिद्यालयका प्राध्यापक कमल शाहीले जानकरी दिए।

लगातारको हिमपातले मुगु जिल्लाको एक मात्र हवाई सेवा ताल्च विमानस्थल पनि बन्द भएको छ। हिमपात र बाक्लो हुस्सुका कारण हवाई सेवा बन्द भएको छ, भने नाग्म–गमगढी सडक पनि बन्द भएको छ। अघिल्लो पटकको हिमपातले दुई सातासम्म बन्द भएको नाग्म–गमगढी सडक पुनः बन्द भएको छ। सडक यातायात र हवाई सेवा बन्द हदाँ यात्रु अलप्रत्र परेका छन् ।

नेपाल टेलिकमको एडिसियल इन्टरनेट सेवा बन्द भएको छ। बाक्लो हिमपातले जुम्लाको डाफेँ लेकमा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा समस्या आएपछि मुगुसहित साविकको कर्णालीका जिल्लामा एडिसियल ईन्टरनेट सेवा नमस्ते मोवाईल सेवामा अवरुद्ध भएको नेपाल टेलिकम जिल्ला शाखा मुगुका निमित्त कार्यालय प्रमुख गणेश डिसीले बताए। नेपाल टेलिकमको सेवा अवरुद्ध हुदाँ स्थानीय सञ्चार सेवा बाट बञ्चित भएका छन्।

यो वर्ष एक महिना अगावै हिमपात भएका कारण हिउँदेबालीको उत्पादमा राम्रो हुनेमा कृषकहरु आशावादी छन् । विशेष गरी अहिले खेतवारीमा लगाएको जौं, गहुँ बाली उम्रिने समय भएको र यहि वेला हिमपात र पानी पर्दा खेतीपातीका लागि राम्रो मानिन्छ।

अहिले समयमा नै वर्षा भएकाले सुख्खा जमिनमा छरिएको जौं, गहुँ राम्रैसंग उम्रिने, विषेश गरि उम्रेको बाली नष्ट गर्ने फट्याँग्रा लगायतका किरा मर्ने र हिउदे बाली तथा तरकारीको उत्पादनमा पनि बृद्धि हुने जिल्ला कृषि विकास कार्यालय मुगु निमित्त पन्चलाल बुढाले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *