अमेरिकामा फोटोग्राफर राजिब श्रेष्ठको ग्लाम क्यालेन्डर २०२० बिमोचन
डिसीनेपाल, वाशिंगटन डिसी
अमेरिकाको राजधानी वाशिंगटन डिसीमा चर्चित फोटोग्राफर राजिब श्रेष्ठको ग्लाम क्यालेन्डर २०२० सार्बजानिक गरियो।

राजधानी वाशिंगटन डिसी नजिकै भर्जिनियाको फेयरफ्याक्स सिटीमा जनवरी ३ तारिख शुक्रबार आयोजित कलाकार, पत्रकार, सिनेकर्मी, संघ संस्थाका पदाधिकारीहरु लगायतका नेपालीहरुको सभामा एक बर्ष अवधिमा फोटोग्राफर श्रेष्ठले खिचेका फोटोहरुमध्ये उत्कृष्ट मोडेल तथा कलाकारहरुको आकर्षक फोटाहरु समाबेश गरिएको नयाँ बर्ष २०२० को ग्लाम क्यालेन्डर सार्बजनिक गरिएको हो।

अमेरिका भ्रमणमा रहेका नेपाल पत्रकार महासंघका केन्द्रिय सचिब रेम बिश्वोकर्मा, नेपाल अमेरिका फिल्म सोशाईटीका अध्यक्ष पूर्णसिंह बराईली, मिस नेपाल यु.एस.ए.सुरबी खनाल, मोडेल कला नेउपाने र नेपाली पत्रकारहरुको अन्तरास्ट्रिय संजाल ईन्जाका अध्यक्ष गुणराज लुँईटेलले संयुक्तरुपमा फोटोग्राफर श्रेष्ठको ग्लाम क्यालेन्डर २०२० बिमोचन गरेका हुन्।

क्यालेन्डर बिमोचन गर्दा ठुलो आवाजमा बजाईएको आकर्षक म्युजिकले समारोहलाई तताएको थियो र लामो समय सम्म बजाईएको म्युजिकले अर्कै रौनक ल्याएको थियो। कार्यक्रमलाई सनसनीपूर्ण बनाएको म्युजिक बजुन्जेल समारोहमा उपस्थित सबैले उठेर ताली बजाएर फोटोग्राफर राजिब श्रेष्ठलाई बधाई दिएका थिए।

यस अघि, वाशिंगटन डिसी नजिकै म्यारिल्याण्डको सिल्भरस्प्रिंग सिटी स्थित घर ए कबाबमा आयोजित समारोहमा फोटोग्राफर राजिब श्रेष्ठको ग्लाम क्यालेन्डर २०१८ अमेरिकाका लागी नेपाली राजदुत डा. अर्जुनकुमार कार्कीले बिमोचन गरेका थिए।

कार्यक्रमको उद्घोषण डिसीनेपाल संचारकर्मी संदेशकुमार खड्काले बडो आकर्षक ढंगले गरेकाका थिए।

समारोहको डिसीनेपालबाट प्रत्यक्ष प्रशारण गरिएको थियो।
https://www.facebook.com/dc.nepal/videos/459493921405113/





No ads found for this position

डिसी नेपाल
Facebook Comment