उपसभामुखलाई निर्देशन दिनु गलत : तुम्बाहाम्फे (अन्तर्वार्ता)

डिसी नेपाल
२९ पुष २०७६ २१:१४

अहिले संसदमा एउटा गतिरोध देखिएको छ। तीन तीन पटकसम्म संसदको बैठक बस्न सकेन। यो कहिलेसम्म रहन्छ?

अव यो गतिरोध अन्त्य गर्ने र प्रतिनिधि सभाको बैठक सुचारु गर्ने भन्ने निर्णय नेकपाको हो, जसको प्रतिनिधिसभामा बहुमत प्राप्त दल छ उसको हातमा छ।

संसद रोकिनुको मुख्य कारण के हो ?

बिजनेस हामीसँग छ। प्रतिनिधिसभाको सभामुख पद रिक्त छ। रिक्त पदलाई परिपूर्ति गर्नको निम्ति निर्वाचन प्रकृया अगाडि बढाउनु पर्ने थियो। उक्त निर्वाचन प्रकृया अगाडि बढाउनको निम्ति सत्तारुढ दलले मैले उम्मेदेवार बनाउँछु भनेर उसले अगाडि भनेको थिएन र अहिले तीन दिन जति भयो उसले सभामुख पद्मा उम्मेद्वार बनाउँछु भनेको छ। यद्यपी त्यो दलले आफ्नो उम्मेद्वार तयार गरेको छैन।

जसको कारणले पुस २७ गतेको बैठकलाई पनि केही दिन पछाडि सारौं भन्ने आग्रह उहाँहरुले गरेपछि बैठक हामीले पछाडि सारेका छौं। अब माघको ६ गते प्रतिनिधिसभाको बैठक छ। सम्भवतः त्यो दिन प्रकृया अगाडि बढ्ने सम्भावना छ।

संसदको गतिरोध त संसद भित्रैबाट खोल्ने अभ्यास हो। संसद भन्दा बाहिर कुनै राजनीतिक दलको राजनीतिक निर्णयबाट खोल्ने कुराहरु आइराखेका छन्। यसलाई कसरी लिनुभएको छ?

यसमा के हुन्छ भने, संसद भित्र देखिएको गतिरोधलाई व्यवस्था गर्न अथवा अन्त्य गर्नको निम्ति प्रतिनिधिसभा भित्र जुन दलहरुले प्रतिनिधित्व गरेका हुन्छन् ति दलहरुभित्र कुन विषयमा कसरी गतिरोध भयो भन्ने विषयलाई निक्र्योल गरेर, छलफल गरेर, अन्तर सम्बाद गरेर व्यवस्थापन गर्ने कुरा रहन्छ।

तर अहिलेको विषय फरक हो। किन भने अहिले प्रतिनिधिसभा सभामुख पद रिक्त छ। त्यो रिक्त पदलाई परिपूर्ति गर्नको निम्ति निर्वाचन प्रकृया बढाउनु पर्ने तर अगाडि बढाउनको निम्ति सत्तारुढ दलले उम्मेद्वार दिन्छु भनेर भर्खर घोषणा गर्यो। अब यो भन्दा अगाडि के गर्छु भनेर त्यो दलले भनेको थिएन।

प्रतिनिधिसभालाई मैले नेतृत्व प्रदान गर्छु जतिवेलासम्म मेरो पद समाप्त नभएसम्म लगातार मैले नेतृत्व प्रदान गरिरहन्छु भनेर बसेको हुँ। अहिले पनि त्यही अवस्थामा छु जसको कारणले गर्दाखेरी मैले राजीनामा दिएको छैन अझैपनि राजीनामा दिने अवस्थामा छैन।

अन्य दलहरुले सभामुख पदमा उम्मेद्वार दिएर पनि उसले निर्वाचनमा निर्वाचित हुने सम्भावना कम छ त्यसैले जसले जित्छ त्यो दलले नै उम्मेदवारी दिनुपर्ने हुन्छ र आहिले सम्म दिएको अवस्था थिएन। त्यही कारणले गर्दा हामीले संसद अथवा प्रतिनिधिसभाको बैठकबाट सबैभन्दा पहिला सभामुख पदको निर्वाचन गर्नुपर्ने हो र त्यो प्रकृयालाई अगाडि बढाउनुपर्ने हुन्छ।

सत्तारुढ दल नेकपाले तपाईँको राजीनामा मागेको कुरा बाहिर आएको छ, त्यसको जानकारी तपाईँसम्म आइपुग्यो?

मैले पनि सञ्चार माध्यमबाट थाहा पाएको नेकपाले राजीनामा दिनको निम्ति निर्देशन जारी गर्यो भन्ने थाहा पाएको थिएँ। तर यस पछाडि मैले के भने भने म एउटा स्वतन्त्र संस्था, जुन संस्था एउटा देशको तीन प्रमुख संस्थाहरु मध्ये एउटा संस्था व्यवस्थापिका र त्यो व्यवस्थापिकामा प्रमुख पद्मा रहेको व्यक्तिले राजीनामा दिए पछाडि दोस्रो तहमा बसेको व्यक्ति जो उपसभामुखले नेतृत्व गरिराखेको छ, त्यसलाई कुनै एक दलले नेतृत्वबाट बाहिर जाउ भनेर भन्न संविधानतः मिल्दैन।

र, म अहिले प्रतिनिधिसभामा बसेर काम गरे पछाडि म एउटा स्वतन्त्र व्यक्ति हुँ। जतिवेला मलाइ दलले उम्मेदवार बनाएर म निर्वाचित भएँ त्यस पछाडि मैले दल त्याग गरेको छु। मैले कुनैपनि पदमा साधारण सदस्य समेत नरहनेगरी दलबाट बाहिर निस्किए।

बाहिर निस्किएपछि स्वतन्त्र ढंगले संस्थालाई नेतृत्व गर्नुपर्छ र अहिले पनि गरिरहेको छु। अहिलेको सन्दर्भमा उपसभामुख किन राजीनामा नदिइ बस्यो त भन्ने पनि लागेको होला। दलले निर्देशन दिइसक्यो तर अटेर गर्यो भन्ने पनि सुनेको छु। यस कुरामा मेरो कुरा के छ भने यो प्रतिनिधिसभा एउटा संस्था हो।

जुन संस्थालाई मैले नेतृत्व प्रदान गरिराखेको छु। नेतृत्व गरिराखेको व्यक्तिलाई कुनै एक दलले राजीनामा दिएर बाहिर निस्क भन्न मिल्दैन। भनेपनि मैले यो संस्थालाई खाली गर्न हुँदैन भनने नै हो। किन भने संविधानले प्रतिनिधिसभालाई कुनै एउटा समयमा रिक्त हुन भनेर कल्पना गरेको छैन। सभामुख वा उपसभामुखले नेतृत्व गरिरहन्छ भनेर नै कल्पना गरेको छ।

त्यो परिकल्पनालाई हामीले ग्रहण गर्नुपर्छ। अहिले म उपसभामुखबाट नेतृत्व गरिरहेको छु। जव सम्म दलले आफ्नो उम्मेदवारलाई टुंग्याएर मेरो उम्मेदवार यो हो भनेर अगाडि सार्दैन त्यतिवेलासम्म मैले राजीनामा गरेर प्रतिनिधिसभालाई नेतृत्वविहीन बनाएर छोडने पक्षमा म छैन। किन भने मैले जतिबेला उपसभामुख पदको लागि सपथ लिएको थिए त्यस बेला संविधानलाई टेकेर, संविधानलाई कार्यान्वयन गर्छु भनेर कसैको डर नमानिकन अगाडि बढ्छु भनिकन मैले सपथ लिएको छु।

त्यो भनेको के हो भने प्रतिनिधिसभालाई मैले नेतृत्व प्रदान गर्छु जतिवेलासम्म मेरो पद समाप्त नभएसम्म लगातार मैले नेतृत्व प्रदान गरिरहन्छु भनेर म बसेको हुँ। र अहिले पनि त्यही अवस्थामा छु र जसको कारणले गर्दाखेरी मैले राजीनामा दिएको छैन र अझैपनि म राजीनामा दिने अवस्थामा छैन। किनभने दलले आफ्नो उम्मेदवार अगाडि बढाएको छैन।

यदि दलले आफ्नो उम्मेदवार अगाडि बढाइसके पछाडि मैले प्रतिनिधिसभाको बैठकमा सभामुखको निर्वाचन प्रकृयालाई अगाडि बढाउने सन्दर्भमा केही अगाडि मात्रै मैले राजीनामा गर्छु। त्यो गरिसके पछाडि उपसभामुख उपसभामुख पद पनि खाली हुन्छ सभामुख पद खाली छँदैछ। अनि निर्वाचन प्रकृया अगाडि बढ्छ।

मैले के सोचेको छु भने संविधानतः पनि मलाइ दिइएको जिम्मेवारी मैले पूरा गर्नुपर्छ। मैले पूरा गर्दाखेरि प्रतिनिधिसभा छोटो समय मात्रै नेतृत्व विहीन रहन्छ। लामो समयसम्म नेतृत्व विहीन बनाउने पक्षमा छैन किनकी संविधानले रिक्त बनाउनु पर्छ नेतृत्व विहिन बनाउनाएर जाउ भनेर मलाइ भनेको छैन।

एउटा व्यवहारिक नजिर हेर्दा जो अहिले हटेर जानु भएको सभामुख उहाँलाई पनि दलले निर्देशन दियो उहाँले राजीनामा दिनु भयो। तपाईँलाई पनि त्यसै गरी भनेको छ। त्यही निर्देशन सभामुखलाई लागू हुने तर उपसभामुखलाई लागू नहुने भन्ने हुन सक्छ?

तपाईँको प्रश्न नै मिलेन। किन भने एउटा त्यो विषय अनुसन्धानको क्रममा राखको अवस्था छ। निवर्तमान सभामुखलाई चार्ज लगाएको सबैलाई थाहा छ। त्यो चार्ज लगाएर दलले सभामुख पदबाट राजीनामा दिएर बाहिर निस्कन निर्देशन दिन सक्ने अवस्था थियो। त्यतिवेला निर्वतमान सभामुखलाई पक्राउ गरिसकेको अवस्था थियो।

त्यो घटना फरक हो र अहिलेको घटना फरक छ। निर्देशन पनि कुन प्रसंगमा दिएको भनने छुट्याउनुपर्यो नि त। निवर्तमान सभामुखको सन्दर्भ उहाँलाई चार्ज लगाएको घटना फरक प्रसङ्ग हो। यो विषयलाई धेरै नकोट्याउँ। त्यतिवेला उहाँलाई निर्देशन दिनु सान्दर्भिक हो। तर अहिले उपसभामुखलाई निर्देशन दिनु गलत हो।

तपाईँकै प्रतिकृयाबाट अवको संभावित उम्मेद्वार तपाईँ आफैं पनि हो? यदि तपाईँ हो भने किन दलले अर्को उम्मेद्वार खोज्यो, किन राजीनामा दिन भन्यो, किन तपाईँलाई स्विकार गर्न सकेन ?

यसमा राजीनामा किन दिन भन्यो, दललाई नै सोध्नु होला। तर दलले नभने पनि मैले राजीनामा दिन्छु नै। दल भन्दा त संविधान ठूलो हो नी । किन भने संविधानको धारा ९१ को उपधारा १ देखि ६ सम्म जाँदा सबै कुरा लेखिएको छ। त्यसमा लेखिएको छ–प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्छ भनेको छ र त्यसमा एक महिला अनिवार्य भनेको छ। संविधानले बोलिसके पछाडि अहिले संविधानलाई कार्यान्वयन गराउनु पर्ने अवस्थामा पुगेका छौं।

सभामुख पद रिक्त छ, म त्यही दलले उम्मेद्वार बनाएर उपसभामुख बनेको र अव सभामुख पद सत्ता पक्षले लिन्छु भनेपछि मैले मार्ग प्रशस्त गर्छु भनेको थिए र अहिले पनि भनिरहेको छु। दलले राजीनामा देउ नभनिकन पनि मैले दिनुपर्छ कुन अर्थमा संविधानले मलाई भनेको छ नी। संविधानले सभामुख पद सत्ता पक्षले लिन्छु भनेपछि स्वतः निर्वाचन प्रकृया अगाडि बढाउने क्रममा मैले राजीनामा दिन्छु भनेर तयारी अवस्थामा बसेको थिए। तर सत्तापक्षले निर्देशन जारी गरेको छ अरे तर त्यो जारी गर्न मिल्दैन।

यदि त्यसो हो भने के कति कारणले तपाईँ सभामुखको लागि योग्य, दलले किन तपाईँलाई योग्य देखेन ?

दलले योग्यता किन देखेन भन्ने जवाफ दलसँग नै छ होला। तर म किन योग्य छु भने सन्दर्भमा म अहिले उपसभामुख भएर काम गरेको २ वर्ष बित्न लाग्यो। हुन त म प्रतिनिधिसभामा आएको पहिलो पटक नै हो। म पहिले उपसभामुख बन्न जान्न भनेकै हो। तर पार्टीले जानु पर्छ भनेपछि नोमिनेसन गर्न एकदम छोटो समय थियो, नोमिनेसन गरेँ उपसभामुख निर्वाचित भए। आफ्नो इच्छा नहुँदा नहुँदै त्यो गरिएको थियो।

त्यो किन गरियो भने आवश्यकता त्यो परेछ। मेरो इच्छाले उपसभामुख बनेको होइन म यो कुरा फेरि दोहोर्याउँछु। आवश्यकता पर्यो भनेर पार्टीले भन्यो मैले गरेँ। अहिले पनि मेरो इच्छा होइन तर आवश्यकता हो। आवश्यकता कसरी हो भने सभामुख जो निवर्तमान सभामुख हुनुहुन्थ्यो उहाँ कुनै एक घटनासँग जोडिनु भयो उहाँ निस्किनु भयो। उहाँले यहाँबाट राजीनामा गरे पछाडि म उपसभामुख मैले केही बदमासी काम त गरेको त छैन।

मैले पाँच वर्ष काम गर्न पार्टीले पठायो २ वर्ष बित्यो अव ३ वर्ष बाँकी छ। अबको तीन वर्ष पूरा गर्न मैले किन नपाउने। म उपसभामुख भएर काम गरिराखेको छु मैले कुनै फट्याईँ त गरेको छैन। यो कारणले गर्दा म सभामुख पदको दावेदार हुँ। यो स्वभाविक हो उपलाई प्रमुख बनाउन नसक्ने के छ त्यस्तो प्रावधान, संविधानले रोकेको छ? छैन। क्षमताको हिसाब गर्नुहुन्छ भने पनि क्षमतामा पनि कुनै कमी छैन भन्ने पनि हो। त्यसैले सभामुख पदको दावी गर्नु त अनौठो मान्नु पर्दैन स्वभाविक नै हो।

तपाईँले पहिला राजीनामा दिँदा दलहरुलाई अझै सहज हुन्थ्यो की !

मैले राजीनामा कतिबेला दिन्छु भन्ने कुरा तपाईँलाई बताइसकेँ। संविधानले प्रतिनिधिसभा खाली रहन्छ नेतृत्वविहीन हुन्छ भनेर परिकल्पना नै गरेको छैन। नेतृत्व प्रदान गर भनेर मलाइ सपथ खुवाएको छ। मैले संविधानको भावना अनुरुप काम गर्छु भनेर सपथ लिइसकेको छु। काम गरिरहँदा कसैको डर नमानिकन काम गर भनेर मलाइ भनेको छ। म किन डराउने, जे सपथ लिएको छु म त्यही काम गरिराखेको छु। मलाइ संविधानले जे निर्देशित गरेको छ त्यो गर्छु नी।

त्यहाँबाट दाँया बाँया म किन गर्ने। त्यसैले संविधानले मलाइ जे भनेको छ म त्यही काम गर्छु। मैले राजीनामा कतिबेला दिन्छु भने जतिबेला दलले आफ्नो उम्मेद्वार तयार गरेर मैले तयार गरे निर्वाचन प्रकृया अगाडि बढाउँ भनेर सन्देस म कहाँ आउनु पर्छ। जसरी पुस २७ गतेको बैठकलाई माघ ६ गते पछाडि सारौं न भनेर नेकपा दलले आग्रह गर्यो। ठिक छ भनेर प्रमुख प्रतिपक्ष दलसँग पनि समन्वय गरेको थिएँ।

मैले ५ गते गरौं भन्दा ६ गते गरौं भनेर भन्नुभयो दलहरु सँग समन्वय गरेका हामी काम गर्छौं। उपसभामुखको हैसियतले मैले त्यो काम गर्छु मैले र गरेपनि। अव मैले राजीनामा कतिबेला दिन्छु भने दलले उम्मेदवार तयार गरेर ल्याउँछ। बैठक मैले ६ गते १ बजे बोलाएको छु। एक बजे अगाडि हामी बानेश्वरमा हुन्छौं। म सँग सबै तयार अवस्थामा हुन्छ। बैठकको अध्यक्षता जेष्ठ सदस्यले गर्नुहुन्छ र उहाँलाई मैले मेरो राजीनामा उहाँलाई दिन्छु।

उहाँले बैठकको अध्यक्षता गर्दा उहाँले पढेर सुनाउनुहुन्छ र त्यस पछि म एक सांसद मात्र हुन्छु। यो प्रकृया अपनाउँछु। जतिवेला संसद एकदम छोटो केही मिनेट मात्र खाली हुन्छ। दिनको त कल्पनै नगरौं। म यसरी जान्छु। यो कुरा मैले सार्वजनिक रुपमा भनेको छु। यो भनेको संविधानले मलाइ यो गर भनेर भनेको छ। अनि किन दायाँबायाँ गर्ने?

त्यसोभए अव तोकिएको समयमा संसद बैठक बस्छ ? अब हामीले सभामुख उपसभामुख पाउँछौं। त्यो भन्दा अगाडि तपार्इँको राजीनामा आउँछ ?

त्यो कन्डिसनमा मात्रै राजीनामा आउँछ। तपाईँले भने जस्तो अगाडि राजीनामा आउँछ भन्नु गलत हो। राजीनामा आउँछ। राजीनामा गर्छु भनेर सार्वजनिक रुपमा सबैभन्दा पहिले बोल्ने म हो। मार्ग प्रशस्त गर्छु भनेर भनेकै छु त मैले। प्रतिनिधिसभालाई सहज तरिकाले अगाडि बढ्ने बाटो खोल्ने जिम्मेवारी त मेरो हो नी।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *