आजबाट रसुवागढी नाका बन्द
काठमाडौँ । आजबाट रसुवागढी नाका १५ दिनका लागि बन्द गरिने भएको छ।
नेपाल प्रहरी, चिनियाँ प्रहरीसहित दुई देशका अधिकारीबीच मंगलबार रसुवागढीमा बसेको बैठकले आज (बुधबार) देखि १५ दिनका लागि नाका बन्द गर्ने निर्णय गरेको हो ।
पछिल्लो समय बढेको कोरोना भाइरसको संक्रमण रोक्न, केरुङतर्फ जाने सडकमा हिउँपरेको तथा ढुंगाहरू खस्ने भएकाले दुर्घटना हुन सक्ने र ल्होसार पर्वको कारण देखाउँदै नाका बन्द गरिएको जनाईएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment