त्रिपिटक वाचनको प्रचारप्रसारका लागि साइकल यात्रा

डिसी नेपाल
२५ माघ २०७६ १२:१७

काठमाडौँ । काठमाडौँ महानगरपालिका–७ चाबहिलस्थित चारुमती विहारमा अन्तर्राष्ट्रिय त्रिपिटक वाचनको प्रचारप्रसारका लागि आज साइकल यात्रा गरिएको छ।

चाबहिलदेखि शुरु भएको साइकल यात्रा गौशाला, एयरपोर्ट, ग्वार्को, सातदोबाटो, लगनखेल स्तूप हुँदै विभिन्न बौद्ध सम्पदास्थलमा पुगेर चारुमती विहारमै फर्किएको छ।

चारुमती बुद्धिष्ट मिसन नेपाल र थाइ इण्डो चाइना फ्रेण्डसिप एशोसिएशनको संयुक्त आयोजनामा उक्त कार्यक्रम नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले शुभारम्भ गरे ।

सो अवसरमा उनले समाजमा सकारात्मक चिन्तनको विकास गर्न बौद्ध दर्शनको महत्व रहेको बताए ।

उक्त विहार प्राचीन सम्पदास्थल भएकाले त्यसको सरक्षणमा आफू क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।

विभिन्न देशका राजदूतको समेत सहभागिता रहेको कार्यक्रमका संयोजक भिक्षु तपस्वी धम्मले नेपाल भ्रमण वर्षलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा प्रवद्र्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको बताए ।

यात्रामा १०० बढीको सहभागीता थियो। भारत, श्रीलङ्का, थाइल्याण्ड, म्यान्मा, कम्बोडिया, लाओसहित ७० बौद्ध गुरु बौद्ध साहित्य वाचनमा सहभागी हुन काठमाडौँ आएका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *