झुटलाई पनि ‘सत्य’ सावित गर्ने प्रधानमन्त्रीको त्यो सम्वोधन

डिसी नेपाल
४ फागुन २०७६ १४:४४

वर्तमान सरकार गठन भएको दुई वर्ष पूरा भएको अवसरमा शनिबार प्रधानमन्त्री केपी शर्माले ओली जनताको सर्वोच्च निकाय प्रतिनिधिसभामा सरकारले गरेका कामको फेहरिस्त प्रस्तुत गर्नु भयो। हरेक जीवनलाई प्रकृतिले बाँच्नका लागि र उसको जीवन यापनलाई कुनै न कुनै क्षमता दिएको हुन्छ।

प्रधानमन्त्री केपी ओलीलाई प्रकृतिले एउटा अद्भुत क्षमता प्रदान गरेको छ। जसको प्रसंसा नगरिरहन सकिँदैन। उहाँमा जुन किसिमको वाकपटुता, प्रस्तुती देखियो र विश्वसनीय अभिव्यक्ति झैं गरी उहाँको प्रस्तुतीले झुट बोलेकै भएपनि, जोक नै गरेको भएपनि वा धम्की र त्रास नै दिएको भएपनि वा व्यंग गरेकै भएपनि उहाँको प्रस्तुती सहज, स्वभाविक र सबैलाई पाच्य हुने किसिमको र असाध्यै राम्रो प्रस्तुती थियो।

उहाँलाई प्रशस्त शिक्षा आर्जन नगरेको र विश्वविद्यालयका उपल्ले डिग्री नलिएको भनिएको र उहाँलाई उहाँका समकक्षीले विगतमा ओल्चिएर व्यंग्य गर्ने गरेका विषय सबै मिथ्या सावित हुने गरी प्रधानमन्त्रीको शनिबारको प्रस्तुती देख्या जो कोही पनि प्रभावित हुने अवस्था छ।

ढाँट्न सक्दा वा ढाँट्दा पनि यस्तो प्रस्तुती कसरी हुन्छ भनेर चर्चासमेत हुने गरेको छ। उहाँले शनिबार संसदमा सम्वोधन गर्दा उल्लेख गरेका विषय उहाँले यसअघि सरकार अविछिन्न उत्तराधिकारी हो, सरकार निरन्तर हुन्छ भन्ने गर्नुहुन्थ्यो। खोला नटुटी पानी बगेजस्तो कुनै पनि मुलुकको सरकार एक दिनपनि खाली नभइकन जस्तो सुकै परिस्थितिमा पनि निरन्तर चलिहरन्छ।

‘मलाइ जसरी भनिएको छ, तर ती कसको पालामा के–के भएको हो सबै कुराको छानवीन गर्छु’ भनेर उहाँले हरेकका ओठमुख सुक्ने गरी हप्काउनु पनि भएको छ।

यस्तै विकासका क्रमहरुपनि मानिस र समाजका आवश्यकता अनुसार निरन्तर हुन्छन्। एकपछि अर्को गर्दै क्रमिक रुपमा हुन्छन्। अहिले देखिएको विकासको गति र प्रगति दुई वटै अर्को वर्ष हेर्ने हो भने बढी नै हुन्छ। तर, उहाँले एकातिर सबै मैले र यही सरकारले गरेर मात्रै भएको भन्नु भयो भने अर्कोतर्फ सरकार निरन्तर हुन्छ, समाजको आवश्यकता अनुसार विकास आफैं हुँदै जान्छ भनेर आफ्नो भनाइको आफैंले खण्डन गर्नु भयो।

त्यसैगरी उहाँले चिनियाँ कथाकारको कथा र ड्रागनको पेन्टिङको कुरा निकालेर कारवाही नगर्दा कारवाही गर भन्ने, कारवाही गर्दा थप डरले तर्सिएर सडकदेखि सदनसम्म चिच्याउने भनेर उहाँले बडो रमाइलो ढंगले व्यंग्य पनि गर्नु भयो।

‘मलाइ जसरी भनिएको छ, तर ती कसको पालामा के–के भएको हो सबै कुराको छानवीन गर्छु’ भनेर उहाँले हरेकका ओठमुख सुक्ने गरी हप्काउनु पनि भएको छ।
समग्रमा प्रधानमन्त्रीले सरकारको दुई वर्षे कार्यकालको संसदमा गर्नु भएको समीक्षा सुन्ने र हेर्नेले नराम्रो भन्ने ठाउँ नभएको तर, कामले, प्रगतिले र वास्तविकताले उहाँको भनाइमा पूर्ण रुपमा सत्यता भने नरहेको कुरा सबैलाई यथार्थ रुपमा थाहा भएकै कुरा हो।

लेखक : जगदीश दाहाल

जस्तो उहाँमाथि गरिएका प्रश्नले उहाँको सम्वोधनमा आएका कुरा कति यथार्थ छन् भन्ने कुरा झल्क्याउँथ्यो। त्यसैले वाकपटुता, क्षमता र सम्वोधन गर्ने र प्रभावित पार्ने विषयमा विलक्ष्ण प्रतिभा भएको नेता प्रधानमन्त्री देखिनु भयो।

तर उहाँले सम्बोधनका क्रममा उल्लेख गरेका विषय र ती विषयको सत्यतामा आफैंले अघिल्ला पछिल्ला कुराको खण्डन र विरोधाभाषपूर्ण अभिव्यक्ति अनि कसैलाई व्यंग्य, आफूलाई लागेको विषय गरिछाड्ने हठ, पार्टी एकातिर छ, जनता अर्कोतिर छन्, तर सरकारले गर्छ भन्ने जस्ता अभिव्यक्तिले के बुझाउँछ भने उहाँमा अराजकता रस नशामा तरंगित छ। त्यो उहाँले प्रस्तुत गर्नु भएको छ।

यही सोचले अगाडि बढ्दा अहिलेको संवैधानिक संरचना र र शासन व्यवस्था उपयुक्त र जायज तरिकाले चलाइने र चल्ने नभएर सबै भत्काइने र मुलुकले अर्को राजनीतिक दुर्घटना व्यवहोर्नु पर्ने हो की भन्ने आशंका प्रधानमन्त्रीको संवोधनले गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *