काँग्रेसलाई बलियो बनाउन पार्टीभित्रै सुधारको आवश्यक : वरिष्ठ नेता पौडेल

डिसी नेपाल
४ फागुन २०७६ २२:३३

दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई बलियो बनाउन सबै लाग्नुपर्नेमा जोड दिएका छन् । नेपाली काँग्रेस आँबुखैरेनी गाउँ कार्य समितिले आइतबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले काँग्रेस बलियो भए मात्रै लोकतन्त्र बलियो हुने धारणा व्यक्त गरे।

काँग्रेसप्रति अझै पनि जनताको आशा र भरोसा रहेकाले पार्टीभित्रै सुधारको आवश्यकता रहेकामा वरिष्ठ नेता पौडेलले जोड दिए। दुई तिहाइ जनमत प्राप्त सरकारले जनताको भावनाअनुसार काम गर्न नसकेको आरोप लगाउँदै नेता पौैडेलले सरकारको कार्यशैली सच्चिनुपर्ने टिप्पणी गरे । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी काँग्रेस प्रवेश गर्ने २० युवालाई वरिष्ठ नेता पौडेलले स्वागत गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *