पेट्रोलियम पदार्थको मूल्य घट्यो

डिसी नेपाल
५ फागुन २०७६ १८:२८

काठमाडौं। पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको हो। सोमबार राती १२ बजेबाट लागू हुने गरी निगमले डिजेल र पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँले मूल्य घटाएको निगम स्रोतले जानकारी दियो। नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य १०८ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ भएको छ।

खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ।

नियमित मूल्य समायोजन प्रक्रिया अन्तर्गत नै इन्धनको मूल्य घटाइएको निगमले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *