नौ करोडको लागतमा डेरी उद्योग स्थापना

डिसी नेपाल
५ फागुन २०७६ १९:३७

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं २२ मा ९ करोडको लागतमा एसके डेरी उद्योग स्थापना गरिएको छ ।

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सोमबार डेरी उद्योगको उद्घाटन गर्दै प्रदेश सरकारले कृषि उत्पादनलाई उच्च प्राथमिकतामा राखेको बताए। उनले कृषिलाई वैज्ञानिकीकरण गरी पूर्णरुपमा व्यावसायिक बनाउन प्रदेश सरकारले कृषि अनुदान कार्यक्रमअघि सारेको छ बताए ।

प्रदेश कृषिमन्त्री आरती पौडेलले प्रदेश मातहतमा जिल्लाको समानुपातिक विकासका लागि प्रदेश सरकार लागिपरेको छ भने। बाँकेको व्यावसायिक क्षेत्रमा सक्रिय सरोज पाण्डेले सो डेरी उद्योग खोलेका हुन् । डेरी उद्योगबाट दैनिक १५ हजार लिटर दूध प्रशोधन गरेर बिक्री वितरण गरिने उद्योगका सञ्चालक पाण्डेले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *