सभामुख सापकोटासँग युरोपेली मुलुकका राजदूत तथा राष्ट्रसङ्घीय प्रतिनिधिद्वारा भेट

डिसी नेपाल
६ फागुन २०७६ ७:२६

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटासँग युरोपेली मुलुकका राजदुतले भेटघाटको क्रमलाई बढाएका छन्।

सभामुख सापकोटासंग आज नेपालका लागि नर्वेका राजदूत लस्से ब्जोम जोहानेसनले शिष्टाचार भेट गरि बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

भेटमा नर्वेजियन राजदुतले नेपालको आर्थिक तथा समाजिक क्षेत्रमा पुराउँदै आएको सहयोगलाई नर्वेले जारी राख्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

आजै नेपालका लागि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपिका आवासीय प्रतिनिधि आईसाने मेडागान्गोडा लबेले सभामुख सापकोटालाई भेटेर बधाई ज्ञापन गरेका छन् ।

युएनडिपि प्रतिनिधि लबेले हाल नेपालमा विभिन्न २६ क्षेत्रहरुमा काम गरिरहेको जानकारी गराउँदै आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिवद्धता व्यक्त गरे।

यसअघि फागुन २ गते सभामुख सापकोटासँग नेपालका लागि चेक गणतन्त्रका गैरआवासीय राजदूत मिलान होभोरकाले भेटेर सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

गत माघ १३ गते सभामुख पदको सपथ लिनुभएका सापकोटासंग निर्वाचित भएलगत्तै चीन, भारत र जापानका राजदुतले प्रत्यक्ष भेटगरी शुभकामना दिईसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *