संचारमन्त्रीले दिए राजीनामा
काठमाडौं। सेक्युरिटी प्रेस खरिदका लागि एजेन्टसँग घुसका लागि कुराकानी गरिरहेको अडियो सार्वजनिक भएपछि संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएका छन्।
सभामुख अग्निप्रसाद सापकोटाले संचारमन्त्री बाँस्कोटाले राजीनामा दिइसकेको संसदलाई जानकारी गराएका छन्। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले सदनलाई ‘मन्त्री बाँस्कोटाले राजीनामा बुझाइसक्नु भएको छ’ भन्ने जानकारी गराएका थिए।
संचारमन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदका लागि एजेन्टसँग कुराकानी गरिरहेको अडियो सार्वजनिक भएपछि उनको चौतर्फी राजीनामा मागिएको थियो।
नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच बिहीबार विहान यही विषयमा डेढ घण्टा लामो छलफल भएको थियो। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसदका दुवै सदन मन्त्री बाँस्कोटाको बर्खास्तीको माग गर्दै अवरुद्ध पारेको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment