प्रधानमन्त्री ओलीलाई नै धरापमा पार्ने धम्की कसले दिइरहेको छ?

डिसी नेपाल
८ फागुन २०७६ १६:१३

काठमाडौं। बिहीबार नेपाली राजनीतिमा आश्चार्यजनक परिघटनाहरु भइरहेका छन्। बुधबारको मध्य राती सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले घुसका लागि एक एजेण्टसँग गरेको फोन कुराकानी सार्वजनिक भएपछि तरंगित भएको राजनीतिमा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को आश्चार्यजनक तथ्य बोलेका छन्।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीद्वारा लिखित पुस्तक विमोचन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई पद धराप पर्ने धम्कीसमेत आएको भन्दै तर आफू त्यसबाट विचलित नहुने बताएका छन्। उनले केही दिन अगाडि झापा पुगेर पनि सरकार ढाल्ने तयारी भएको अभिव्यक्ति दिएका थिए।

प्रधानमन्त्री ओलीले यसरी धराममा पर्ने गरी कसले कुन माध्यमबाट धम्की दियो भन्नेबारे भने केही खुलाएनन्। बिहीबार सञ्चारमन्त्री बाँस्कोटाले राजीनामा दिएका छन्। प्रधानमन्त्री ओलीका निकै विश्वास पात्र मानिएका बाँस्कोटा घुस प्रकरणमा मुछिएपछि प्रधानमन्त्री ओलीसमेत मुछिने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बताइसकेको छ।

केही सञ्चार माध्यमहरुले केही महिना अगाडि नै गोकुल बाँस्कोटा र विजयप्रकाश मिश्रको फोन रेकर्ड प्रधानमन्त्री ओलीले सुनेको दावी गरेका छन्। यसरी आफूले सो रेकर्ड सुनेर पनि कुनै एक्शन नलिएको भन्दै काँग्रेस प्रधानमन्त्री ओलीमाथि पनि प्रश्न उठाइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *