सञ्चारमन्त्री घुस प्रकरणः स्वीस दूतावासले भन्यो, यो विषयमा हामीलाई केही थाहा छैन
फाइल फाेटाे
काठमाडौं। सुरक्षण मुद्रण खरिद प्रकरणमा स्वीट्जरल्याण्डको कम्पनीका नेपाली एजेण्ट विजयप्रकाश मिश्र र तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकलु बाँस्कोटाले गरेको एक फोन अडियो सार्वजनिक भएपछि बाँस्कोटाले पदबाट हात धुनुपरेको छ।
दुईजनाबीच करिब ७० करोड रुपैयाँ कमिशन माग्ने जस्ता कुराकानी भएको अडियो सार्वजनिक भएको थियो।
तर, पछिल्लो पटक सरकारले स्वीस कम्पनीसँग यो मुद्रण मेसिन खरिद नगरी जर्मनी र फ्रान्सका कम्पनीसँग किन्ने प्रक्रिया अगाडि बढाएको छ। त्यो पनि बिहीबार बसेको सार्वजनिक लेखा समितिले सबै प्रक्रिया रोक्न निर्णय गरिसकेको छ।
यहीबीचमा काठमाडौंस्थित स्वीस दूतावासले भने यो विषयमा केही जानकारी नभएको जनाएको छ। दूतावासले विज्ञप्ति जारी गर्दै स्वीस कम्पनीका स्थानीय एजेण्ट भनिएका मिश्रलाई नचिन्ने बताएको छ। साथै यो विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग कुनै कुराकानी नगरेको जनाएको छ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment