करेन्ट लागेर एक पैदलयात्रीको तत्कालै मृत्यु, अर्का एक घाइते

डिसी नेपाल
११ फागुन २०७६ १२:२०

चौतारा । सिन्धुपाल्चोकमा करेन्ट लागेर एक पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ।

सोही घटनामा अर्का एक घाइते भएका छन् । मृत्यु हुनेमा भोटेकोशी गाउँपालिका– ४ शिरिसेको २२ वर्षीय सार्की शेर्पा रहेका र बाह्रबिसे नगरपालिका– १ घोर्थलीका पप्पु गुरुङ घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

शिरिसेस्थित चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रो पावर कम्पनीले इन्टरनेटको तार तान्न प्रयोग गरेको फलामे पोल ढलेर विद्युत्को मेन लाइनमा परेको र झुक्किएर पोल छुन पुग्दा पैदलयात्रीलाई करेन्ट लागेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *