टर्कि र ग्रीस पठाउने भन्दै ३२ जनाबाट ३९ लाख असुल्ने पोखरेल पक्राउ
काठमाडौं । वैदेशिक रोजगारका लागि पठाउने भन्दै लाखौं रुपैयाँ असुलेर युवाहरुलाई अलपत्र पार्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
सोझा ३२ जना युवाहरुलाई टर्कि र ग्रीसमा आकर्षक सेवा सुविधा सहितको रोजगारको व्यवस्था गरिदिने प्रलोभन देखाएर ठगी गर्ने मोरङ जिल्ला रतुवामाई न.पा. वडा नं. ०६ बुधबारे स्थायी घर भइहाल काठमाडौं चुच्चेपाटी बस्ने ५२ वर्षीय कमल प्रसाद पोखरेललाई महानगरीय प्रहरी महाशाखा टेकुले पक्राउ गरेको हो। उनmाई प्रहरीले टेकुबाट पक्राउ गरेको हो।
पोखरेलले बिभिन्न मितिहरुमा ३२ जना ब्यक्तिहरुको ३९ लाख ५६ हजार लिई फरार भएका थिए। पोखरेलबाट ठगिएका गोपीराम पराजुलीले गत माघ १२ गत्ते महानगरीय प्रहरी महाशाखा टेकुमा जाहेरी दिएका थिए। त्यसैका आधारमा खोजतलास गर्दा पोखरेललाई बिहिबार टेकुबाट पका्रउ गरिएको टेकु प्रहरीले जानकारी गराएको छ ।
पोखरेललाई शनिबार नै आवस्यक अनुसन्धान तथा कारबाहीका लागी बैदेशिक रोजगार बिभाग बुद्धनगर पठाइसकिएको महानगरीय प्रहरी महाशाखा टेकुले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment