‘मीटू’ मार्फत चर्चामा आएकी तनुश्री चार वर्षपछि स्टेजमा

डिसी नेपाल
१३ फागुन २०७६ ९:०४

मुम्बई। बलिउड फिल्म उद्योगमा ‘मीटू’ को आँधी ल्याउने अभिनेत्री तनुश्री दत्ता चार वर्षपछि स्टेजमा देखिएकी छन्। तनुश्रीले महाशिवरात्रिमा राजस्थानको प्रतापगढमा आयोजित एक कार्यक्रममा नृत्य प्रस्तुत गरिन्। उनको फोटो र भिडियो सामाजिक संजालमा निकै भाइरल बनेको छ। भिडियोमा उनी स्प्रिचुअल र फिल्मी गीतमा नृत्य गर्दै गरेको देखिन्छिन्।

उनले एक पोस्टमा यति लामो समयसम्म स्टेजबाट टाढा रहनुको कारण शेयर गरेकी छन्। उनी रिहर्सलका लागि पुगेकी थिइन्, फोटोसँगै उनले लेखेकी छन्–महाविशरात्रिको शुभ अवसरमा लामो समयपछि मंजमा आज प्रस्तुती दिएँ। २०१६ मा अमेरिका जानु पहिला मेरो खुट्टा फ्याक्चर भएको थियो। जसका कारण केही दिन हिँड्नका लागि बैसाखीको सहारा लिनुपर्यो। जब म अमेरिका गएँ तब मैले त्यहाँ ह्विल चियरको सहारा लिनुपर्यो। एयरलाइनका कर्मचारीले मलाइ विमानस्थलबाट बाहिर निकाले। यो वास्तवमा कठिन र दर्दनाक अवस्था थियो। औपचारिकतालाई पूरा गर्नका लागि मैले भाँच्चिएको खुट्टासँगै हिँडडुल गर्न थालेँ। तर भगवानको कृपाले म फेरि पहिलाकै अवस्थामा फर्किएँ। यही कारण मैले नृत्यबाट ब्रेक लिनुपर्यो। तर अहिले मेरो खुट्टा पूरै ठिक भएको छ। एसकारण म अब एक सिंहीनी जस्तै तयार भएकी छु। अब म मंचमा आगो लगाउन आएकी छुु।’

 

View this post on Instagram

 

Some vids from the Dance Mania on Mahashivratri 2020!!

A post shared by Tanushree Dutta (@iamtanushreeduttaofficial) on

तनुश्री दत्ताले हर्न ओके प्लीज फिल्मको गीतको शुटिङका क्रममा आफूमाथि भएको यौन शोषणको कहानी सार्वजनिक गरेकी थिइन्। उनले नाना पाटेकर, गणेश आचार्यसहित चार जनामाथि यौन शोषणको आरोप लगाएकी थिइन्। त्यसपछि बलिउडको सबै खुलासा ह्यासट्याग मीटू मार्फत भयो। यद्यपी प्रमाणको अभावमा नानाको मुद्दाको फाइल बन्द गरिएको छ।

 

View this post on Instagram

 

This morning at stage technical rehersals.Performed tonight on stage after a long time on the auspicious occassion of Mahashivratri.I had fractured my foot in 2016 just before I left for the US and had to use crutches to walk for sometime.So when I moved to the US I was actually in a wheel chair and the airline staff had to wheel me out of the airport.It was really difficult and painful moving around by myself and doing my immigration and greencard formalities and stuff with a damaged foot all alone but by Gods grace I managed somehow.Anyways so that’s why I had to take a break from dancing and only did appearances at events for work as there was still some pain on and off, but now foot is healed compleetely and no more pain so I’m like a roaring dancing lioness ready to set the stage on fire!! Tonights show was a super duper bumper hit!! Pics and videos coming soon? Thankyou..Har Har Mahadev..Praise god!!

A post shared by Tanushree Dutta (@iamtanushreeduttaofficial) on




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.