कतारमा पनि देखियो कोरोना, सचेत रहन नेपालीहरुलाई दूतावासको अपील

डिसी नेपाल
१७ फागुन २०७६ १८:०२

दोहा। खाडी मुलुक कतारमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ। कतारमा एकजना कोरोना भाइरसबाट संक्रमित भएको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बिहीबार इरानबाट उद्धार गरि ल्याईएका यात्रु मध्ये एक ३६ वर्षिया कतारी नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएको कतारको स्वास्थ्य मन्त्रलायले जनाएको छ।

कतारमा ठूलो संख्यामा नेपालीहरु रहेका छन्। चीनको वुहान शहरबाट फैलिएको कोरोनाको चपेटामा हाल खाडी मुलुकहरु पनि आएका छन्। खाडीमा सबैभन्दा धेरै इरान प्रभावित भएको छ। जहाँ शनिबार २१० जनाको मृत्यु भएको खबर छ। त्यस्तै नेपाली कार्यरत रहेका कुवेत, बहराइन र ओमनमा यसका संक्रमित बिरामी भेट्एिका छन्।

खाडी मुलुक तथा, दक्षिण कोरियामा कोरोनाले महामारीको रुप लिन थालेपछि त्यहाँ रहेका नेपालीहरुसमेत त्रासमा छन्। यद्यपी हालसम्म कुनै पनि नेपाली संक्रमित नभएको बताइएको छ।

कतारमा कोरोना संक्रमित फेला परेपछि दोहास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सचेत रहन अनुरोध गरेको छ। दूतावासले एक विज्ञप्ति जारी गर्दै नेपालीहरुलाई सचेत रहन र सम्पर्कमा रहन भनेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *