यूएईमा पनि देखियो कोरोना, नेपालीलाई सचेत रहन दूतावासको आग्रह
काठमाडौं। सँयुक्त अरब इमिरेट्स (यूएई)मा पनि कोरोना भाइरसको संक्रमण भएका व्यक्तिहरु फेला परेका छन्।
चीनबाट फैलिएको कोरोना भाइरस यूएईमा देखिएपछि आबुधावीस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सतर्क रहन आग्रह गरेको छ।
दूतावासले सोमबार एक विज्ञप्ति जारी गर्दै यूएई सरकारले कोरोना भाइरसको संक्रमण फेला परेको भन्दै नेपाली दूतावासलाई सजगताका लागि जानकारी दिएको बताएको छ।
साथै दूतावासले यूएई सरकारले जारी गरेको सूचनाअनुसार आफू सचेत रहन भनेको छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment