मेलिना र देब कुमारको स्वरमा तिमी पहरा सार्वजनिक

डिसी नेपाल
२२ फागुन २०७६ ९:३१

काठमाडौं। गायिका मेलिना राई र देब कुमार तामाङको स्वरमा रहेको तिमी पहरा बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

एल्बम तिमी पहरा मा समावेश रहेको गीतमा टेक तामाङको शब्द कन्काइस्ट राईको सँगित र गीतलाइ शाहस हाक्यले एरेन्ज गरेका हुन्। निक्कै मर्मस्पर्शी शैलीमा रहेको गीतमा कलाकार नम्रता श्रेष्ठ र कुन्साङ तामाङको अभिनय रहेको छ ।

नम्रता र कुन्साङको माया प्रेमलाइ प्रस्तुत गरिएको भिडियोको छायाँकनमा बुद्ध थापा सम्पादनमा बिकास धमला रहेका छन् ।

त्यस्तै गीतको भिडियोलाइ पछिल्लो समयका चर्चित निर्देशक निकेश खडकाको निर्देशन गरेका हुन् । गीतको भिडियो ओ एस आर डिजिटलको अफिसियल युउटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.