भ्रमण वर्षलाई नयाँ तरिकाले सञ्चालन गर्ने सरकारको तयारी

डिसी नेपाल
३० फागुन २०७६ १६:२७

काठमाडौं। सरकारले भ्रमण बर्ष २०२० लाई नयाँ ढंगले पुर्नसंरचना गर्ने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डय मन्त्री योगेश भट्टराईले भ्रमण बर्षको शुरुआतमै विश्वभर महाभारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण मुलुक भित्र र बाहिरका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको उल्लेख गर्दे भ्रमण बर्षलाई सरकारले नयाँ ढंगले पुनर्संरचना बताएका छन्। संघीय संसद, प्रतिनिधिसभा अन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा मन्त्री भट्टराईले सन् २०२० देखि २०३० सम्मको अवधारणाबाट अगाडि बढेर पर्यटन विकास र प्रवद्र्धनका लागि बिशेष योजना बनाई भ्रमण बर्षको कार्यक्रम पुनर्संरचना गरिएको बताए।

उनले भने, ‘नेपाल भ्रमण बर्ष २०२०का कार्यक्रमहरु देशभित्र देशबाहिर सबै ठाउँमा स्थगित गरिएको छ। भ्रमण बर्ष २०२० लाई नयाँ ढंगले पुनर्संरचना गर्नुपर्ने आवश्यकता देखिन्छ । त्यसका लागि २०÷३० को अवधारणाबाट अगाडि जाउँ भन्ने हामी छलफल गर्दैछौं। त्यसो हुनाले १० बर्ष नेपालको पर्यटनको निम्ति विशेष योजना बनाएर अगाडि बढिने छ। त्यो १० बर्षमा मुलतः पर्यटन सम्बन्धी पुर्वाधारहरुको विकास गर्ने, हवाई पूर्वाधार, सडक पूर्वाधार र नयाँ गन्तव्यहरु निर्माण गर्ने लगायतका कुरामा दश बर्षको विशेष योजना बनाउन खोजिरहेका छौं। र प्रत्येक बर्ष विशेष योजनाको नाममा एउटा खास एजेण्डाको रुपमा १० बर्षलाई लक्ष्य बनाई जाने भन्ने हाम्रो सोचाई रहेको छ।’

मन्त्री भट्टराईले तारागाउँ विकास समितिका सम्बन्धमा समितिले दिएको प्रतिवेदनका आधारमा मन्त्रालयले सक्रियता बढाएको स्पष्ट पारे। उनले भूकम्पले क्षति पुर्याएका तारागाउँ विकास समिति अन्र्तगत पोखरा, ककनी, नगरकोट लगायत स्थानमा रहेका रिसोर्टका भवनहरु आन्तरिक स्रोत र मन्त्रालयको केही अनुदानमा पुनर्निर्माण भई संञ्चालनमा आएको जानकारी दिए। समितिमा नेपाल सरकारको लगानीको अनुपात ३९ प्रतिशतबाट घटेर २२ दशलब ६७ प्रतिशत शेयर भएको भन्ने प्रतिवेदनमा उल्लेख भएपनि सो बराबरको शेयर सरकारको नाममा नरहेकाले सो संख्याको शेयर सरकारको हुनुपर्नेमा अडान राख्ने काम भएको उनले स्पष्ट बताए। समितिको यथार्थ सम्पत्तिको अडिट गर्ने भन्ने सम्बन्धमा पनि मन्त्रालयले तदारुकता देखाएको बताए।

उनले नेपाल वायुसेवा निगमका सम्बन्धमा समितिले दिएको निर्देशन र विभिन्न समयका कार्यदलले दिएको प्रतिवेदनका आधारमा सुधारको प्रक्रिया अघि बढाउनका लागि केही प्राविधिक काम अघि बढेको स्पष्ट पारे। विशेष गरेर निगमलाई सार्वजनिक कम्पनीको रुपमा रुपान्तरण गर्ने गरि काम भईरहेको उनले जानकारी दिए।

उनले नीजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्यलाई अघि बढाउने प्रक्रिया शुरु भइसकेको र काठगाउँ, टाँगीया बस्तीका बासिन्दालाई आवश्यक मुआब्जा दिने काम अन्तिम चरणमा पुगेको जानकारी दिए।

ती बस्तीका झण्डै ८५ प्रतिशतले मुआब्जा लिइसकेको र बाँकीको मुआब्जा वितरण पनि छिटै हुने बताए। उनले टाँगीया वस्तीलाई अन्यत्र सार्ने सम्बन्धमा सरोकारित मन्त्रालय र निकाय तथा स्थानीय सरकारसंग पनि समन्वय गर्दे केही स्थानहरुको पहिचान गर्ने काम भएको ,वातावरण मन्त्रालयले रुख संख्या किटान गर्ने काम गरिरहेको र त्यसका लागि आवश्यक बजेट पठाइसकेकाले सो काम पनि केही समय भित्रै सम्पन्न हुने बताए। उनले सार्वजनिक निजी साझेदारीको अवधारण अनुसाअर विमानस्थल भित्रका पहुँच मार्गको पुर्वाधार निर्माण लगायतका काम नागरिक उड्डयन प्राधिकरणको माध्यमबाट गर्ने गरि प्रक्रिया अगाडि बढाईएको जानकारी दिए।

समितिको विभिन्न समयमा समितिबाट भएका निर्देशन तथा सुझावहरुको कार्यान्वयनको प्रगती बारे मन्त्री भट्टराईसंग छलफल गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *