बत्ती बाल्ने क्रममा करेन्ट लागेर एकको मृत्यु, तीन जनाको उपचार हुँदै

डिसी नेपाल
१ चैत २०७६ ९:३४

सिन्धुली । सिन्धुलीमा बत्ती बाल्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।

सिन्धलीको कमलामाई नगरपालिका–७ सिम्लेका माईतीमाया भोलनको आज बिहान करिब २ बजेतिर बत्ती बाल्ने क्रममा करेन्ट लागेर ज्यान गएको हो।

माईतीमाया सँगै अरु तीन जना पनि करेन्ट लागेर घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

घाइते हुनेहरुमा देवकुमारी घिसिङ, पदमबहादुर वाइब र ज्ञानबहादुर थिङ रहेका छन् ।

करेण्ट लागेर घाइते भएकी माईतीमायाको उपचारका लागि सिन्धुली अस्पताल लैजाने क्रममा ज्यान गएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *