जर्मनीका अस्पतालले फ्रान्सेली बिरामीकाे उपचार गर्ने

डिसी नेपाल
९ चैत २०७६ २०:०४

जर्मनी । जर्मनीको अस्पतालहरुले फ्रान्सका कोरोना संक्रमित गम्भीर बिरामीहरुलाई सघन उपचार कक्षमा उपचार गराउने भएको छ । दक्षिण पश्चिम जर्मनीमा रहेका फ्रान्ससँग सीमा जोडीएका राज्यहरुलले यो सुविधा दिन लागेका हुन् ।

जर्मनी आफैंमा फ्रान्स भन्दा बढी कोरोना संक्रमित संख्या भएको देश हो । अझ दक्षिण ( पश्चिम क्षेत्र निकैनै प्रभावित छ । तर मृत्यूदर फ्रान्सको भन्दा निकै कम छ जर्मनीको । विश्वमा जर्मन स्वास्थ्य सेवा सबैभन्दा उत्कृष्ट मानिन्छ भने ICU संख्या अमेरीका पछि दोश्रो संख्यामा छ ।

सघन उपचार कक्ष Intensive Care Unit फ्रान्समा सरकारी र निजी गरेर ९ हजारको संख्यामा मात्र छ भने जर्मनीमा २८ हजारको संख्यामा छ । कोरोना भाईरस लागेका बिरामीलाई १५ दिनसम्म सघन उपचार कक्षमा राखेर उपचार गर्नु पर्ने हुन्छ ।

यूरो न्यूजका अनुसार, ईटलीमा ५ हजार ९०, स्पेनमा ४ हजार ४ सय ४, फ्रान्समा ५ हजार सरकारी अस्पतालमा र ४ हजार निजी अस्पतालमा गरेर कुल ९ हजार, जर्मनीमा २८ हजार र
स्विट्जरल्याण्डमा १ हजार तर चालु अवस्थामा रहेको ८ सय मात्र सघन उपचार कक्ष Intensive Care Unit रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *