नेपाली एसोसिएसन अफ पेन्सलभेनिया द्वारा खाद्यान्न (GROCERY) सहयोगको घोषणा

डिसी नेपाल
११ चैत २०७६ १०:१६

वासिंगटन डिसी ।  व्यापक रुपमा कोभिड -१९ को फैलिदो प्रकोपले  पेन्सलभेनिया स्टेटमा बस्ने नागरिकहरुको सुरक्षार्थ राज्यलेनै लकडाउनको सूचना जारी गरेको  सबैमा जानकारी भएकै छ। यस लकडाउन सँगै धेरै क्षेत्रका धेरै मानिस (स्थायी, नागरिक तथा विधार्थी आदि) ले राेजगार पनि गुमाएको वा अल्पकालीन बेरोजगारी अवस्था पैदा भएको सर्वबिदितै छ।|

मानवमा परेको संकटको यो घडीमा नेपाली एसोसिएसन अफ पेन्सलभेनियाले यस राज्यमा बसोबास गरी यसै राज्यको कुनै पनि कलेज/युनिभर्सिटीमा बिध्यार्थी भिषामा अध्यनरत नेपाली बिद्यार्थीहरु लाई सहयोग होस् भनी उनीहरु बाट माग भई आएमा कम्तिमा पनि एक महिना लाई पुग्ने खाद्य सामग्रीहरु (grocery) निशुल्क सहयोग स्वरूप उपलब्ध गराउने घोषणा गर्दछ।

सहयोग लिने विद्यार्थी वा अन्यको नाम गोप्य राखिने छ। सहयोगको लागि योग्य व्यक्तिहरुले यस एसोसिएसनको इमेल : [email protected] वा तल दिईएको व्यक्ति हरुको फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ।

नेरु गिरी ७१७६९३९९५५ , दिनेश न्यौपाने ७१७४१९९५१४ , सन्तोष सिवाकोटी ७१७८२६४३६८ , मबिन्द्र राना ७१७६०६३३१५ किरण माली ९१२५०८४९७३ , बिमल देवकोटा ९१२३०८९८४६ , निलम मिश्र ७०३७३२१२५३ , राजु गुभाजु ७१७९४५९२२८ , बिकाश श्रेष्ठ ७१७८२६३२४३ , काशी जोशी ४४३४५३७९४६ , दिपेन्द्र उप्रेती ७१७३४१२३३२ , प्रविन महर्जन ७१७२२४९६२७

बिध्यार्थी बाहेक अन्य खाधान्न संकटमा रहेका पेन्सलभेनिया निवासी नेपाली मुलका (बिगतमा नेपालको नागरिक रहेका जोकोहि ) व्यक्तिहरुले पनि सहयोगको लागी सम्पर्क गर्न सक्नु हुनेछ। सहयोग सामग्री (Grocery) सकेसम्म उपलब्ध गराउने छौ |

नेपाली एसोसिएसन अफ पेन्सलभेनिया


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *