आज यूरोपियन यूरोसहित केही देशको भाउ बढ्यो

डिसी नेपाल
१२ चैत २०७६ ७:०२

काठमाडौं । आज चैत १२ गते बुधबार यूरोपियन यूरो र यूके पाउण्डसहित केही देशको विनिमयदर बढेको छ । अमेरिकी डलरको भाउ भने आज थोरै घटेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १ सय २१ रुपैयाँ २३ पैसा तथा बिक्रिदर १ सय २१ रुपैयाँ ८३ पैसा रहेको छ।

यूरोपियन यूरो एकको खरिददर १ सय ३१ रुपैयाँ ६५ पैसा तथा बिक्रिदर १ सय ३२ रुपैयाँ ३१ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४२ रुपैयाँ ४७ पैसा र बिक्रिदर १ सय ४३ पैयाँ १८ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ २७ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ४३ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ २९ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ४५ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३३ रुपैयाँ ०१ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ १७ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ३६ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५० पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ८७ रुपैयाँ ६८ पैसा तथा बिक्रिदर ३ सय ८९ रुपैयाँ ६० पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय २० रुपैयाँ ६७ पैसा तथा बिक्रिदर ३ सय २२ रुपैयाँ २५ पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *