इराकको कुर्दिस्तानमा २ जना नेपाली मजदुरको तस्करी

डिसी नेपाल
१३ चैत २०७६ १९:०६

काठमाडौं। इराकको स्वायत्त प्रान्त कुर्दिस्तानमा दुईजना नेपाली युवाको तस्करी भएको कुर्दिस प्रहरीले जनएको छ। कुर्दिस्तानको इरबिल प्रान्तबाट ती दुईजना नेपालीलाई तस्करी गर्न लागेको बेला इरबिल ट्राफिक प्रहरीले तस्करबाट नेपालीको उद्धार गरेको कुर्दिस्तान२४डट नेट अनलाइनलले समाचार प्रकाशित गरेको छ।

कोरोना भाइरसको महामारीका कारण कुर्दिस्तानमा लकडाउन लागू गरिएको बेला एक भ्यानमा लुकाएर नेपाली युवाहरुलाई तस्करी गर्न लागेको प्रहरीले जनाएको सो अनलाईनमा समाचार छ। इरबिल ट्राफिक प्रहरीका प्रवक्ता फैजल हाजीले ती नेपालीहरुलाई पैसाका लागि तस्करी गरिएको जानकारी दिएका छन्।

उनले तस्करको यो प्रयास असफल पारिएकोसमेत बताएका छन। तर ती नेपालीको नाम भने उल्लेख गरिएको छैन। र उनीहरुलाई कहाँबाट तस्करी गरेर त्यहाँ पुर्याइएको हो भन्नेबारे पनि केही खुलाइएको छैन।

समाचारअनुसार नेपालीलाई तस्करी गरेर लगिएको सो सवारी साधानका ड्राभइर यसअघि पनि विभिन्न अपराधमा जेल सजाय भुक्तान गरिसकेका व्यक्ति हुन्। यो घटनाले इराकमा नेपालीहरुको तस्करी हुने गरेको उजागार भएको छ।

इराक प्रतिबन्धित वैदेशिक रोजगारीको मुलुक भए पनि ठूलो रकम कमाउने लोभमा नेपाली युवाहरु जोखिम मोलेर इराक जाने गरेका छन्। यसअघि इराकमा १६ जना नेपाली युवाहरुका त्यहाँका जेहादी समूहले हत्या गरिदिएका थिए। त्यसयता इराक रोजगारी नेपालमा प्रतिबन्ध छ। तर, दलालको माध्यमबाट नेपालीहरु त्यहाँ जाने गरेका छन्।

विश्वभर कोरोनाको महामारी फैलिरहेको बेला इराकमा रहेका नेपालीहरु असुरक्षित रहेको यो घटनाले देखाएको छ। तस्करबाट उद्धार गरिएका ती नेपालीहरुको हालको अवस्थाबारे भने केही खुलाइएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *