कोरोनाको सङ्क्रमणबाट स्पेनकी राजकुमारीको निधन

डिसी नेपाल
१६ चैत २०७६ ६:४८

काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट स्पेनकी ८६ वर्षीया राजकुमारी मारिया टेरेसाको निधन भएको छ ।

स्पेनको बोउरबोन–पर्मा राजकीय परिवारकी सदस्य टेरेजाको कोरोनाका कारण निधन भएको युवराज सिक्टस हेनरीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

राजकुमारीको निधनपछि स्पेनमा राष्ट्रिय शोकको घोषणा गरिएको छ ।

यसैगरी आइतबार बिहानसम्म स्पेनमा ५ हजार ९ सय ८२ जना मानिसको कोरोना भाइरसको संक्रमणबाट ज्यान गइसकेको छ। ७३ हजार २ सय ३५ जना संक्रमित भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *