‘त्यो दिन जब मलाई थाहा भयो कि मेरो शरीरमा योनी छैन’

डिसी नेपाल
१७ चैत २०७६ ११:३०

नैरोबी। डाक्टरले त उनीसँग महिनावारीसँग सम्बन्धित एक सामान्य प्रश्न सोधेका थिए । डाक्टरको त्यो प्रश्नले केन्याली जुलियन पिटरलाई थाहा भयो कि उनी गर्भाशय, गर्भाशय ग्रिभा र योनीबिना जन्मिएकी छिन् । जुलियन अहिले २९ वर्षकी छिन् । केही वर्ष पहिले उनले यसबारे थाहा पाएकी थिइन् र उनले यसबारेमा बीबीसी संवाददाता ऐन नगुनीसँग कुरा गरिन् ।

मेरो जन्म एमआरकेएच नामको एक अवस्थाका साथ भएको थियो । यो एक यस्तो अवस्था हो जसमा महिलाको शरीरमा गर्भाशय र योनी हुँदैन । यति मात्र होइन यो अवस्थामा शरीरमा केवल एउटा मात्र मृगौला हुन्छ । एक महिला जलाई एमआरकेएच हुन्छ, उनलाई कहिल्यै महिनावारी हुन सक्दैन ।

मेरो शरीरमा गर्भाशय छेन त्यसैले मलाईकहिल्यै महिनावारी हुन सक्दैन । तर यदि तपाइँलाई लाग्छ कि यो सामान्य होइन भने म भन्न चाहन्छु यो निकै सामान्य हो र म यसको बारेमा कत्ति पनि नराम्रो महसुस गर्दिन । मानिसहरुलाई मेरो बारेमा धेरै अलग अलग महसुस हुन्छ ।

उनीहरुलाई जे पनि लाग्छ भन्न सक्छन्

केही मानिसहरुले मलाई भने कि मैले आफ्नो यो स्थितिको लागि कहीँ गएर प्रार्थना गर्नुपर्छ । अर्का एक ले भने कि म उकंबनी (एक यस्तो प्रान्त जो रुढीवादी तरिकाले जादू टोनासँग जोडिएको हुन्छ) की हुँ त्यसैले यसको सम्बन्ध मेरी हजुरआमासँग होला ।

जसलाई जे लाग्छ भन्न सक्छन् तर वास्तवमा महत्व त यो कुराले राख्छ कि म कुन कुरालाई कसरी लिन्छु । यदि म ती मानिसहरुलाई सुन्न लागें भने ती सबै कुराको असर ममाथि हुन्छ । म उनीहरुको बारेमा सोच्न थाल्छु र महसुस गर्न थाल्छु कि उनीहरु जे भनिरहेछन् सबै सत्य हो ।

एउटा लामो समय पछि, त्यतिबेला शायद म १७ वर्षकी थिएँ र स्कुलमा थिएँ । त्यतिबेला मलाई थाहा भयो कि शेरो शरीरमा एक विशेष स्थिति छ । त्यो दिन मेरो खुट्टामा समस्या थियो र म अस्पताल गएकी थिएँ । मेरा खुट्टा सुन्निएका थिए । डाक्टरकहाँ गएपछि जो पहिलो प्रश्न उनले सोधे त्यो थियो पछिल्लो पटक मेरो महिनावारी कहिले भएको थियो ।

मैले उनलाई भनें कि मलाई कहिल्यै पनि महिनावारी भएन । उनले स्क्यान गरे । स्क्यानमा जो पहिलो तस्वीर आयो त्यसमा मेरो जननांग पूर्ण रुपमा बन्द थिए । मैले यसलाई खोल्नको लागि अपरेशन गर्नुपर्ने थियो । अपरेशन भयो तर सफल भएन ।

म अपरेशन गराउन चाहँदिनथें

त्यसपछि मेरो अर्को स्क्यान गरियो जसमा प्रस्ट देखियो कि मेरो शरीरमा गर्भाशय वा योनी छँदै छैन । त्यही बेला थाहा भयो कि मलाई एमआरकेएच कण्डीशन छ । जब यो थाहा भयो कि मलाई यस किसिमको कण्डीशन छ, पहिलो दिन त म खुब रोएँ । तर, दोस्रो तेस्रो दिन म यबाट सम्हालिएँ । म त्यतिबेला १७ वर्षकी थिएँ ।

यो निकै सानो उमेर हुन्छ । त्यतिबेला म केवल आफ्नो स्कुल फर्कन चाहन्थें । म अस्पतालमा थिएँ र आमा मेरो साथमा हुनुहुन्थ्यो । जब उहाँले यसबारेमा थाहा पाउनुभयो उहाँ पूर्ण रुपमा स्तब्ध हुनुभयो । सिंगल प्यारेन्टको रुपमा उहाँले आफैंसँग प्रश्न गर्न थाल्नुभयो । उहाँ यसमा आफ्नो गल्ती खोज्न लाग्नुभएको थियो ।

मेरो पढाइ बायोलोजीमा भएको थियो र म त्यो बथोक बुझिरहेकी थिएँ, जो डाक्टरले भनिरहेकी थिइन् । मैले उनीसँग भने कि म अपरेशन गराउन चाहन्न र म हर हालमा केल आफ्नो स्कुलको पढाइ पूरा गर्न चाहन्छु । यसको १० वर्षपछि म अस्पताल पुगें र त्यसपछि जब मेरो अपरेशन भयो त्यो सफल भयो ।

मलाई जुन किसिमको एमआरकेएच थियो त्यसको सीधा अर्थ थियो कि मेरो शरीरमा योनी छैन । गर्भाशय छैन र मेरो शरीरमा केवल एक मृगौला छ । मेरो शरीरमा योनीनाल पनि थिएन र यसलाई बनाइनुपर्ने आवश्यकता थियो । मेरो जिन्दगी पूरै सामान्य थियो किनकि एमआरकेएचको कारणले मेरो जिन्दगीमा कुनै असर परिरहेको थिएन ।

आइभीएफको लागि

तर, केही मानिसहरुको लागि यो भावनात्मक रुपमा तोड्ने वाला हुन सक्छ र धेरै मानिसहरु शायद यता पनि छन् जसलाई यो स्थितिलाई स्वीकार गर्नको लागि मनोवैज्ञानिकको सहयोग लिनु परोस् । जब तपाइँलाई यो थाहा हुन्छ कि तपाइँ यस किसिमको कुनै स्थितिसँग जुधिरहनुभएको छ, तपाइँले यो किर्सिनुपर्छ कि तपाइँ कहिल्यै आमा बन्न सक्नुहुन्छ ।

मेरा चार थप स्क्यान गराइयो र थाहा भयो कि मेरो शरीरमा अण्डाशय पनि छैन । यस्तोमा आइभीएफको लागि अण्डा पनि प्राप्त गर्न सकिँदैन । तपाइँ जस्तो हुनुहुन्छ तपाइँले आफैंलाई त्यस्तै किसिमले स्वीकार गर्नुपर्छ । तर जब तपाइँलाई महसुस हुन्छ कि तपाइँ अन्य महिलाजस्तो हुनुहुन्न, यो केही मुस्किल हुन्छ ।

त्यतिबेला तपाइँलाई कसैसँग कुरा गर्ने आवश्यकता महुस हुन्छ । कीनियामा मैले धेरै यस्ता महिलाहरुसँग कुरा गरें जसलाई यही समस्या छ । मैले उनीहरुसँग कुरा गरें र हामीले एक अर्कासँग आफ्ना अनुभव साझा गर्यौं । मैले सुरुवाती समयमै आफ्नो स्थितिलाई स्वीकार गरेकी थिएँ र आफैंलाई पनि त्यसैले अब म बिल्कुल ठिक छु ।

आफ्नो पार्टनरलाई यसबारे बताउनु

म कैयौं व्यक्तिहरुसँग सम्बन्धमा रहिसकेकी छु । तर म यो सम्बनधलाई धेरै अगाडि बढाउनुभन्दा पहिले उनहिरुलाई आफ्नो स्थितिको बारेमा स्पष्ट पारिदिन चाहन्थें । यदि उनीहरु यसलाई स्वीकार गर्न चाहन्छन् भने यसलाई स्वीकार गर्नेछन् । तर तपाइँलाई थाहा नै छ मानिस त मानिस नै हुन्छन् । मैले धेरै यस्ता मानिसहरु भेटें जसलाई जब यसबारे थाहा भयो उनीहरु गए ।

धेरैले मसँग भने कि म झुट बोलिरहेकी छु र धेरैलाई त यस्तो पनि लाग्यो कि म उनीहरुसँग पिछा छुटाउनको लागि यस्तो भनिरहेकी छु । अहिले भने म कसैसँग सम्बन्धमा छैन तर म यो मान्छु कि जे पनि भइरहेको छ त्यो ईश्वरले गरिरहेका छन् ।

तर, रह्यो कुरा सेक्सको । २०१८ मा मैले भेजिनल कनाल बनाउनको लागि सर्जरी गराएँ । यो भएको १ वर्षभन्दा धेरै भइसकेको छ तर अझै म सेक्सको लागि तयार छैन । न त म बिहेको लागि तयार छु । यदि हामीलाई लाग्छ कि हामीलाई बच्चाको चाहना छ हामी बच्चा एडोप्ट गर्न सक्छौं ।

माता–पिताका लागि सुझाव

आफ्नो कहानी सबैको अगाडि साझा गर्नको लागि मलाई हिम्मत जुटाउनु पर्यो र यसका लागि मलाई १० वर्ष लाग्यो । धेरै मानिसहरु छन् जो यो बुझ्दै बुझ्दैनन् कि एमआकेएच के हो र म यसबारेमा मानिसहरुलाई जागरुक बनाउन चाहन्छु ।

सबैभन्दा पहिले म यो स्थितिबाट जुधिरहेका बच्चाका मातापितासँग यही भन्न चाहन्छु कि जबसम्म तपाइँका बच्चा ठूला हुँदैनन् उनीहरुको अपरेशन गराउने बारे नसोच्नुहोस् । अपरेशन गराउनुस् तर त्यतिबेला जब उनीहरु ठूला हुन्छन्, उनीहरुमा स्वयं यसको लागि समझदारी आओस् किनकि यो पूरै प्रक्रिया धेरै लामो र जटिल छ ।

यो निकै पीडादायी छ र धेरै हदसम्म यो सम्भव छ कि बच्चाले यो बुझ्न नसकुन् कि यो सब के भइरहेको छ । अभिभावकको रुपमा तपाइँले पनि पूरै अध्ययन गर्नु जरुरी छ ताकि जब तपाइँकी छोरीले उनको हालतको बारेमा थाहा पाउँदा तपाइँले उनलाई सहयोग गर्न सक्नुस् ।

मसँग केही यस्ता मानिसहरु छन् जो मेरो सहयोगको लागि हुन् तर मैले यस्ता धेरै मानिसहरुसँग कुरा गरें जसलाई यस किसिमको समस्या छ । धेरै यस्ता महिलाहरु छन् जो विवाहित छन् र उनका सासु ससुरा यो माग गरिरहेका छन् कि उनीहरुलाई बच्चा चाहियो । एक महिलालाई त उनका सासु ससुराले यतिसम्म भनिदिए कि उनी महिला हैन पुरुष हुन् ।

हामीले उनको कुरा ध्यानपूर्वक सुन्यौं र उनलाई उत्साहित गर्यौं । यो एउटा मुस्किल सफर हो र यस्तोमा सबैभन्दा जरुरी छ कि हामी एक अर्कालाई सहयोग गरौं ।

बीबीसी




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *