बजारभरी कमसल स्वास्थ्य सामाग्री, सरकार भन्छ- हामीसँग मापदण्ड नै छैन

डिसी नेपाल
२२ चैत २०७६ १३:५१

काठमाडौं। कोरोना भाइरसको संक्रमण रोकथामका लागि यतिवेला स्वास्थ्यकर्मीदेखि सर्वसाधारणसम्म सुरक्षात्मक स्वास्थ्य सामाग्री प्रयोग बढेको छ। तर स्वास्थ्य सुरक्षाका लागि प्रयोग हुन सामाग्रीको गुणस्तरमा भने गम्भिर लापरवाही भएको भेटिएको छ।

बजारमा अहिले सेनिटाइजर, मास्क र ग्लोवका साथै स्वास्थ्यकर्मीले खपत गर्ने पिपिइ, कोरोना परिक्षण किट्सलगायतका स्वास्थ्य सामाग्रीहरुको माग र उच्च छ।

कोरोना संक्रमण रोकथामका लागि हामीले प्रयोग गरेका सामाग्रीको गुणस्तरबारे न सरकारको कुनै मापदण्ड छ न त नियमन नै। यसले गर्दा बजारमा जथाभावी रुपमा स्वदेशमै उत्पादित र विदेशबाट आयातित कमसल सामानहरु आपूर्ति भइरहेको छ।

स्वास्थ्य सामाग्री गुणस्तर नहुँदा कोरोना परिक्षण रिपोर्टबारे पनि प्रश्न उठ्न थालेको छ। यसैगरी चिकित्सकहरुले समेत सुरक्षा सामाग्री प्रश्न उठाउदै आएका छन्।

सर्वसाधारणले संक्रमणबाट बच्न प्रयोग गरेका सुरक्षा सामाग्री नै कमसल भएपछि उनीहरु पनि जोखिममा छन्।
नेपालमा औषधि र स्वास्थ्य सामाग्रीको व्यवस्थापन गर्ने जिम्मेवारी पाएको औषधि व्यवस्था विभागले २०७४ सालमा प्रविधिजन्य स्वास्थ्य सामाग्री उपकरणसम्बन्धी निर्देशिका जारी गरेको थियो।

निर्देशिकाले स्वास्थ्य सामाग्रीको गुणस्तर कायम गर्ने र नियमन गर्ने व्यवस्था भएपनि कार्यान्वयन नहुँदा स्वास्थ्य सामाग्रीको गुणस्तर कायम हुन नसकेको हो।

निर्देशिकाले स्वास्थ्य सामाग्रीको गुणस्तर कायम गर्ने र नियमन गर्ने व्यवस्था भएपनि कार्यान्वयन नहुँदा स्वास्थ्य सामाग्रीको गुणस्तर कायम हुन नसकेको हो।

निर्देशिमा प्रविधिजन्य सामाग्रीहरुको विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नेपाल स्तर कायम गर्ने व्यवस्था छ। सोहि अनुसार गुणस्तर कायम भएका सामाग्री मात्र आयात, निर्यात र बिक्री गर्न पाइन्छ।

तर, अहिलेसम्म यस्ता सामाग्रीहरुको नेपाल गुणस्तर समेत कायम हुन सकेको छैन भने उत्पादन, बिक्रीको नियमन समेत हुन सकेको छैन।

कोरोना संक्रमणसँगै स्यानिटाइजरको प्रयोग र बिक्री बढेपछि विभागले चैत पहिलो साता बल्ल स्यानिटाइजरको मापदण्ड निर्धारण गरेको छ। यसैगरी स्यानिटाइजर उत्पादन गर्ने कम्पनीलाई दर्ता हुन समेत विभागले आग्रह गरेको थियो।

बल्ल तात्यो सरकार

बजारमा उपलब्ध स्वास्थ्य सामाग्रीको गुणस्तरमा प्रश्न उठेसँगै बल्ल यसको मापदण्ड निर्धारण गर्न सरकार सक्रिय भएको छ।

बाणिज्य तथा आपुर्ति मन्त्री संयोजक रहने नेपाल गुणस्तर परिषद्को आइतबार बसेको बैठकमा नेपाल भित्र उत्पादन हुने र आयात हुने व्यक्तिगत सुरक्षा सामाग्रीहरु जस्तै ग्लोभ्स, मास्क, टोपी, गाउन, स्यानिटाईजर, आदिको न्यूनतम गुणस्तर तोक्नेबारे छलफल भएको छ।

यसका लागि नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनी संयोजक रहेको समिति गठन भएको छ।

समितिमा नेपाल मेडिकल काउन्सिलका रजिष्टार डा.कृष्णप्रसाद अधिकारी, औषधि व्यवस्था विभागका निर्देशक शैलेसकुमार झा, स्वास्थ्य सेवा विभागका डा. कुमार थापा सदस्य र नेपाल गुणस्तर तथा नापतौल विभागका उपमहानिर्देशक प्रभातकुमार सिंह सदस्य सचिव छन्।

बाणिज्य तथा आपुर्ति मन्त्री संयोजक रहने नेपाल गुणस्तर परिषद्को आइतबार बसेको बैठकमा नेपाल भित्र उत्पादन हुने र आयात हुने व्यक्तिगत सुरक्षा सामाग्रीहरु जस्तै ग्लोभ्स, मास्क, टोपी, गाउन, स्यानिटाईजर, आदिको न्यूनतम गुणस्तर तोक्नेबारे छलफल भएको छ।

समितिले आइतबार प्रतिवेदन पेश गर्ने गरी अध्ययन गरिएको अध्यक्ष तथा गुणस्तर तथा नापतौल विभागका महानिर्देशक पुडासैनीले जानकारी दिए।

‘केही वस्तुहरु र टेस्ट मेथडहरुको गुणस्तर तोक्ने क्रममा परिषद्को बैठक बोलार्इएको थियो। त्यहाँ स्वास्थ्य क्षेत्रको सरोकारवालाहरुले थप अध्ययन गर्नुपर्छ भनेपछि कमिटि गठन गर्का हौं’ उनले भने।

समितिले समितिले आएएसओलगायत अन्तर्राष्ट्रिय स्ट्यान्डर्डस्हरुको रिक्वारमेन्टका आधारमा अध्ययन गरेको र यसैका आधारमा नेपाल गुणस्तर तोक्न सुझाव दिने तयारी गरेको छ।

अध्यक्ष पुडासैनी निर्देशिका अनुसार स्वास्थ्य सामाग्री नियमनको काम तत्कालै सुरु गनुपर्ने आवश्यक्ता देखिएको र यसका लागि समितिको प्रतिवेदनमा औंल्याउने जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *