सामसङ नेपालको दशैं-तिहार अफर: ‘स्मार्ट अपग्रेड घरमा, लक्की सरप्राइज चाडमा’ सार्वजनिक

डिसी नेपाल
४ असोज २०८३ ११:५३

काठमाडौं। दशैं तथा तिहारको अवसरमा सामसङ नेपालले आफ्ना ग्लोबल नम्बर १ टिभी तथा होम अप्लायन्स खरिदमा आकर्षक छुट र उपहारसहितको “Smart Upgrade घरमा, Lucky Surprise चाडमा” अफर ल्याएको छ। यो विशेष अफर आगामी सेप्टेम्बर २० देखि नोभेम्बर १६, २०२६ सम्म लागु हुने कम्पनीले जनाएको छ

यस अफरअन्तर्गत सामसङका टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन वा एसी खरिद गर्ने ग्राहकहरूले आफ्नो खरिद दर्ता गरी दैनिक तथा साप्ताहिक लक्की ड्रमार्फत विभिन्न आकर्षक उपहारहरू जित्न सक्नेछन्

अभियान अवधिभर छनोट हुने ३१ जना दैनिक विजेताले सामसङको ९ केजी फ्रन्ट लोड वासिङ मेसिन वा ५५ इन्चको UHD टिभी उपहार पाउनेछन् भने ८ जना साप्ताहिक विजेताले १ टनको सामसङ एसी प्राप्त गर्नेछन्

लक्की ड्रमा सहभागी हुनका लागि ग्राहकले खरिद गरिएको सामानको पछाडि रहेको १४ अङ्कको सिरियल नम्बर टाइप गरी Samsung <space> [१४ अङ्कको सिरियल नम्बर] लेखेर ३७२७३ मा एसएमएस (SMS) पठाउनुपर्नेछ। विजेताहरूको घोषणा हरेक बुधबार इमेज च्यानलको कार्यक्रमका साथै ‘Smart Plaza’ र ‘Big Digital’ को फेसबुक पेजमार्फत गरिनेछ

लक्की ड्रका साथै ग्राहकहरूले सामान खरिद गर्दा ठूलो क्यासब्याक र उपहारहरूसमेत प्राप्त गर्नेछन्। जसमा टिभी खरिदमा २६ प्रतिशतसम्म क्यासब्याकका साथै निःशुल्क साउन्डबार र निश्चित मोडलमा १२ महिनासम्म निःशुल्क NETTV प्याकेज पाइनेछ

त्यस्तै, रेफ्रिजेरेटर खरिदमा २१ प्रतिशतसम्म क्यासब्याक र रु. ५,००० सम्म एक्सचेन्ज बोनस उपलब्ध छ भने वासिङ मेसिनमा १८ प्रतिशतसम्म क्यासब्याक, रु. ३,००० सम्म एक्सचेन्ज बोनस र निश्चित मोडलमा ६ केजी सर्फ एक्सेल म्याटिक डिटर्जेन्ट निःशुल्क पाइनेछ

ग्राहकहरूको आर्थिक सहजताका लागि सामसङले इन्स्टा फाइनान्समार्फत १२ देखि २४ महिनासम्मको किस्ताबन्दी  सुविधा र ‘ArkoStore’ तथा अधिकृत रिटेल स्टोरहरूमार्फत पुराना उपकरण साटेर नयाँ खरिद गर्न सकिने एक्सचेन्ज सुविधा पनि उपलब्ध गराएको छ। 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *