सुनको मूल्य एकैदिन २१ सय रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

डिसी नेपाल
४ असोज २०८३ १०:५७

काठमाडौं। नेपाली बजारमा साताको पहिलो दिन आइतबार  सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँले बढेको हो।

मूल्य वृद्धिसँगै आइतबार छापावाल सुन प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि गत शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आइतबार चाँदी प्रतितोला २० रुपैयाँले बढेर ४ हजार ७९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। गत शुक्रबार पनि चाँदीको मूल्य १५० रुपैयाँले बढेर प्रतितोला ४ हजार ७७५ रुपैयाँ पुगेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *