सेनाको खरिपाटी तालिम केन्द्रमा कसले भित्र्यायो लागुऔषध ?

डिसी नेपाल
२५ चैत २०७६ ८:१२

काठमाडौं । नेपाली सेनाको अधिकृत क्याडेट उत्पादन गर्ने सैनिक प्रतिष्ठान खरिपाटीमा लागु औषध काण्ड भएको छ। र , सो काण्डमा १० जना सैनिक अधिकृतहरु निष्काशनमा परेर दुई महिना घर बसेपनि ४ जना भाग्यमानी अधिकृतहरुले पुन: तालिममा फर्किने मौका पाएका छन्।

अरु आरोपितहरुको अवस्था के हुने हो? भन्नबारे कसैलाई कुनै जानकारी छैन । के आधारमा ४ जना फर्काइए र के आधारमा बाँकी ६ जना निष्काशनमा परेका हुन् भन्ने कुरा नेपाली सेनाले खुलाउन चाहेन। डिसी नेपालको पटक पटकको सम्पर्कमा सैनिक जनसम्पर्क महानिर्देशकले यस्तो केही नभएकोबाहेक कुनै कुरा बताउन चाहेनन्।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले  याे विषय अफवाह मात्र भएकाे भन्दै  सैनिक प्रतिष्ठानमा त्यस्ताे केही नभएकाे  जिकिर गरे।

तर समाचार स्रोतका अनुसार, घटना दुई महिनाअघि अर्थात् माघ १९ गते हो। चीनमा कोरोना भाइरसको त्रासले नेपाललाई पनि हल्ललाइरहेका बेला सैनिक प्रतिष्ठानमा तालिमरत सेकेन्ड लेफ्टिनेष्ट पदका अधिकृत क्याडेटहरुमध्ये १० जनालाई प्रतिष्ठानभित्र लागुऔषध प्रयोग गरेको गम्भीर आरोप लाग्न पुग्यो।

र, यो घटनाले प्रतिष्ठानमा नै ठूलो भुईंचालो आएझैं अनुभूत भयो। १६ महिना अधिकृत आधार तालिम पूरा गरेर चैत्रमा पासिङ आउट भै सेकेन्ड लप्टन भएर राष्ट्रिय सेनामा समर्पित हुन जाने तयारी र प्रतीज्ञा गरिरहेका १० जनालाई एक्कासी निष्काशन गरी घर पठाइयो।

स्रोतका अनुसार, उनीहरुको किट्व्याग निरीक्षण गर्दा गाँजा भेटेको चार्ज लागाइएको थियो । यसको विस्तृत खोजतलास, छानविन र यकिन कसरी भयो भन्ने प्रश्नको उत्तर आएको छैन ।

तर, एक्कासी त्यति ठूलो संख्यामा अधिकृत क्याडेटहरुलाई घर पठाउँदा खरिपाटीको भूकम्पको धक्का सम्बन्धितहरुका १० वटा घरमा पनि पुग्यो। कसैले चूँ सम्म पनि बोल्न पाएनन् । भएको के हो ? न्याय गरेको हो कि अन्याय भन्ने पनि कसैलेमेसो पनि पाएनन्।

१० वटा घरमा अन्यायको उकुस मुकुस भइरहेको बेला तीन दिनअघि चैत्र २१ गते १० मध्ये ४ जना अधिकृत क्याडेटहरु आकाश सापकोटा, पुजन ढुंगाना, सागर कुँवर र सरोज अधिकारीलाई २ महिनापछि पुन सैनिक प्रतिष्ठानमा प्रवेश गराइएको छ ।

नेपाली सेनामा ऐले अधिकृतहरुको जनशक्ति कम हँदै गएको छ । संस्थाको पहिलो ठूलो विकराल समस्या भनेको अधिकृत दरबन्दीको कमी भएको ठान्ने सैनिक उच्च अधिकृतहरु पनि कम छैनन्। त्यसमाथि गएका ४ वर्ष अधिकृत खुल्ला भर्नामा युवाहरुको आकर्षण कम रह्यो। आउनेहरु पनि योग्य भएनन्। धेरै प्रवेश परीक्षामा असफल भए।

गाँजालाई कानुनसम्मत छुट दिनुपर्दछ र खेतीपाती लाइसेन्स शुरु गर्नुपर्दछ भनेर बहश चलिरहेको बेला गाँजाकै चार्ज लगाएर त्यति धेरै तालिम प्राप्त काविल मानिसहरुलाई निष्काशन गर्ने निर्णय ठिक थियो कि लहडमा थियो त्यो निर्णयकर्ताले जान्ने कुरा हो।

तर, प्रवेश परीक्षामा लिखित नतिजापछि उत्तिर्ण उम्मेद्वारहरुको गुणात्मक परीक्षा लिइन्छ। विशेषज्ञहरुले लिने त्यो कडा मनोवैज्ञानिक परीक्ष्ाँमा गाँजा सेवन गर्ने उम्मेद्वारहरुलाई कसरी पहिचान गर्न र स्क्रिनिङबाट अनुत्तिर्ण गर्न सकिएन ?

त्यो संगठनको गुणात्मक परीक्षाको विश्वसनीयतामा गम्भीर प्रश्न खडा हुने विषय हो। छिमेकी मुलुक भारतको मात्रै उदाहरण हेर्ने हो भने ती १० जनालाई दोषी हुन् र पहिचान गर्न नसकेको हो वा दवाव र मुलाहिजामा पास गरिदिएको हो भने विशेषज्ञहरुको एकमुष्ट समूहमा जागिर गएको नजिर छ ।

भर्ना छनौट भइसकेपछि तालिमका क्रममा खरिपाटी तालिम प्रतिष्ठान गएर लागेको बानी हो भने कसले सिकायो?कसले उकास्यो? सकले सप्लाई गर्यो ? त्यसको सारा दोष प्रतिष्ठान, त्यहाँका कर्मचारी र शिक्षकतिर फर्किँदैन र?

प्रतिष्ठानले के अनुगमन, नियमन, निर्देशन र नियन्त्रण गर्यो त? लागु पदार्थ सेवनको अम्मल हो भने कसरी त्यति कठोर तालिम र अभ्यास १४ महिनासम्म कसरी पार गरे त उनीहरुले ? यी प्रश्नहरु एकसाथ उठेका छन् ।

१० वटा घरमा अन्यायको उकुस मुकुस भइरहेको बेला तीन दिनअघि चैत्र २१ गते १० मध्ये ४ जना अधिकृत क्याडेटहरु आकाश सापकोटा, पुजन ढुंगाना, सागर कुँवर र सरोज अधिकारीलाई २ महिनापछि पुन सैनिक प्रतिष्ठानमा प्रवेश गराइएको छ ।

प्रतिष्ठानले के अनुगमन, नियमन, निर्देशन र नियन्त्रण गर्यो त? लागु पदार्थ सेवनको अम्मल हो भने कसरी त्यति कठोर तालिम र अभ्यास १४ महिनासम्म कसरी पार गरे त उनीहरुले ? यी प्रश्नहरु एकसाथ उठेका छन् ।

यो नाटकीय प्रवेशले संगठनको गरीमा, विश्वसनीयता र पारदर्शीतामा झन् ठूलो प्रश्न चिन्ह खडा भएको छ । बाँकी छ जना अधिकृत क्याडेटहरु उपेश सापकोटा, रञ्जित रोक्का, सुशील बस्नेत, आशुतोषबहादुर शाह, सविन मगर, प्रशस्तहरि क्यम्पा राई कहिले खबर आउला भनेर कुरेर बस्नुपर्ने अवस्थामा रहेको बताइएको छ ।

फर्काइने र नफर्काइनेमा कारणचाहिँ पिसाव परीक्षणलाई बनाइएको स्रोतको दावी छ। नफर्काइएका यी छ जनाको अस्पतालमा पिसाव जाँच गराइएको थियो भनिएको छ। बाँकी चारजनाको पिसाव परीक्षण नै नभएकोले उनीहरुलाई पुन: प्रवेश गराइएको स्रोतले जनाएको छ । यो मापदण्डले कत्तिको न्याय गरेको छ ? भन्ने प्रश्न स्वाभाविकरुपमा उठेको छ ।

प्रतिष्ठानपति सन्तोष ढकाल, सैनिक विनय महानिर्देशनालयका महानिर्देशक उपरथी शशीबहादुर सिंह, कार्यरथी उपरथी सुवर्णबहादुर शाह, प्राड विवाकका उपरथी रत्न थापा र बोर्डका अर्का सदस्य सहायक रथी संजय थापामगरसमेत यो प्रकरणमा कस्तो र कसरी छानविन गरे र कसलाई कस्तो सजायको भागीदार बनाइएको भन्ने खुल्न बाँकी छ । के बाँकी छ जनालाई पनि कुनै न कुनै सजायको व्यबस्था गरी खरिपाटी फर्काइन्छ?

नेपाली सेनाको इतिहासमै यो एक ऐतिहासिक घटना हो । २०४२ सालमा १६ जना अधिकृत क्याडेटलाई रेलिकेट गरेर अर्को बेसिकमा झारिएको थियो ।

तर, तत्कालीन शिक्षाध्यक्ष कृष्ण नारायणसिंह थापाले ती १६ जनालाई हटाउने होइन घटुवा गरेर पुन जुनियर बेसिकसँग तालिम गराउने निर्णय लिएका थिए। अहिले ती १६ जनामध्ये जर्नेल पदसम्म पुगी सफलतापूर्वक पेन्सन पकाइसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *