मुम्बईको एउटै अस्पतालका २६ नर्स र तीन डाक्टर कोरोना संक्रमित

डिसी नेपाल
२५ चैत २०७६ ८:०४

काठमाडौँ । भारतको मुम्बईस्थित एक अस्पतालका २६ नर्स र तीन जना डाक्टर कोरोना संक्रमित भएका छन्।

मुम्बईको वोकहर्ट अस्पतालका २६ जना नर्स र तीन जना डाक्टरमा कोरोना सङ्क्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । ठुलो संख्यामा स्वास्थ्यकर्मी नै कोरोना संक्रमित भएको पुष्टी भएसँगै अस्पताललाई प्रतिबन्धित क्षेत्र घोषणा गरेर अस्पताल बन्द गरिएको छ।

अहिले सङ्क्रमण पुष्टि भएका नर्स र डाक्टरलाई अधेरीको एउटा अस्पतालमा उपचारको लागि लगिएको छ भने अन्य कर्मचारीको पनि कोरोना भाइरस (कोभिड१९) परीक्षण भइहेको छ । उनीहरुको रिर्पाट भने आउन बाँकी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *