कोरोना कहर : कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित
काठमाडौं। बैशाख ८ गतेबाट हुने कक्षा १२ र बैशाख २१ गतेबाट सुरु हुन भनिएको वार्षिक परीक्षा स्थगित भएको छ। कोरोना भाइरस संक्रमणका कारण सरकारले कक्षा ११ र १२को वार्षिक परीक्षा स्थगित गरेको हो।
कोरोना संक्रमणको जोखिमका कारण कक्षा ११ र १२ को वार्षिक परीक्षाा अनिश्चितकालका लागि स्थगित गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। परीक्षा बोर्डले मंगबार एक सूचना जारी गर्दै कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित भएको जनाएको हो।
यसअघि सरकारले कोरोनाको जोखिमका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि स्थगित गरेको थियो। सरकारले सोमबार मात्रै दोस्रो पटक लकडाउनको म्याद थप गरेको थियो।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment