कालोबजारीको आरोपमा जगदम्बा स्टिलका सञ्चालक पक्राउ
सांकेतिक तस्बिर
काठमाडौं। कालो बजारी गरेको अभियोगमा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाल पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाले अग्रवालको टोलीलाई काठमाडौको नक्सालबाट पक्राउ गरेको हो।
थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले पुष्टि गरेका छन्। प्रहरीले उनको गाडीबाट ६७ वटा थर्मल गन समेत बरामद भएको छ।
कुटनीतिक नियोगको गाडी प्रयोग गरेर थर्मल गन बोकेर महंगोमा बेच्दै हिँडेको अवस्थामा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । तर केही समयअघि उनले चिनबाट मेडिकल सामाग्री भने नेपाल ल्याएको थियो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment