खाडी मुलुकमा ६७ नेपालीहरुको लाश अलपत्र, उतै जलाउने नेपाल सरकारको प्रयास असफल

डिसी नेपाल
१ वैशाख २०७७ २३:२९

काठमाडौं । कोरोना महामारीका कारण नेपाल सरकारले कडा लकडाउन गरेपछि खाडी मुलुकहरुमा नेपालीहरुका ६७ वटा लाशहरु अलपत्र परेका छन् । यी लाशहरुलाई सम्बन्धित देशहरुमै जलाउने नेपाल सरकारको प्रयास पनि असफल भएको छ ।

दैनिकजसो कफिनमा हालेर त्रिभुवन अन्तर्राष्टिय विमानास्थलमा आउने गरेका लाशहरु लक डाउन लागू भएपछि ल्याउन सकिएको थिएन । यसैकारण हर्ट अट्याक, सवारी दुर्घटना, कार्य क्षेत्रमा हुने दुर्घटनाजस्ता कारणले मृत्यबरण गरेका नेपालीका ती लाशहरु अलपत्र परेका हुन् ।

वैदेशिक रोजगार प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक राजन श्रेष्ठका अनुसार, रोजगारीमा खाडी मुलुक गएका नेपालीमध्ये यो अवधिमा ६९ जना नेपालीहरुको विभिन्न कारणले मृत्यु भएको र उनीहरुको शव नेपाल ल्याउनु पर्ने अवस्था आएको हो ।

समाचारअनुसार, नेपाल सरकारले ती लाशहरु सम्बन्धित देशहरुमा नै जलाउनका लागि ती देशका राजदूतावासमार्फत सम्बन्धित देशहरुलाई आग्रह गरेको पनि थियो । तर, ती देशहरुले लाश जलाउनका लागि मृतकका परिवारको स्वीकृत माग गरेका थिए ।

नेपाल सरकारले बैदेशिक रोजगार प्रवर्धन केन्द्रमार्फत मृतकका परिवारहरुसँग यसबारे कुरा गरेको पनि थियो । तर, अधिकांश मृतकका परिवारले आफ्नो मान्छेको अन्तिमपटक भए पनि अनुहार हेर्न पाउनु पर्ने र आफ्नो धर्म संस्कृतिअनुसार, अन्तिम संसार गर्न पाउनुपर्ने माग गरेपछि नेपाल सरकार अप्ठेरोमा परेको छ । समाचारअनुसार नेपाल सरकारको आग्रहअनुसार दुई नेपालीको शव भने विदेशमै जलाइएको छ ।

तीमध्ये एकजना कोरोनाको संक्रमणका कारण यूएईमा मृत्यु भएकी एकजना महिला थिइन् । उनको लाशको अन्त्यष्ठी गरिएको छ । त्यसैगरी दक्षिण कोरियामा अर्कै कारण मृत्यु भएका एकजना नेपालीको शव पनि उतै जलाउने व्यबस्था गरिएको र यसमा परिवारको सहमती जनाएको छ । बाFकी ६७ वटा शवहरु जति ढिलो भए पनि नेपाल नै ल्याउनु पर्ने परिवारजनले माग गरेका कारण अन्तिम संस्कार हुन सकेको छैन ।

केन्द्रका कार्यकारी निर्देशक राजन श्रेष्ठ भन्छन्, “लकडाउनले गर्दा विदेशबाट नेपालीका शव ल्याउन सकस भइरहेको छ ।” मृतकको लाश लिनकै लागिमात्र जहाज पठाउन सम्भव छैन किनकि मृतकहरु एकै देशका हैनन् सबै खाडी मुलुकहरुमा घुमाइ घुमाई जहाज लगेर ल्याउनु अत्याधिक खर्चको कुरा हो ।

यो गर्नुको साटो अन्तिम संस्कारका लागि सम्बन्धित देशमा रहेको नेपाली दूतावासले समन्वय गर्ने र सो खर्च नेपाल सरकारले व्यहोर्ने प्रस्ताव गरेको भए पनि सो सफल हुन सकेन । कोरोना महामारीका कारण नेपाल विगत ३ सातादेखि लकडाउन छ ।

सबै अन्तर्राष्ट्रिय उडानहरु बन्द गरिसकेको छ । पछिल्ला उडानहरुबाट स्वदेश फर्किएका नेपालीहरुमध्ये केहीमा कोरोना भाइरसको संक्रमण देखिएको पनि थियो । लकडाउन नगर्दा पनि नहुने र गर्दा पनि मृतकका लाश ल्याउन समेत नसकिने जटिल अवस्था आइलाग्ने कार सरकारलाई अप्ठेरोमा परेको हो ।

 

कुन देशमा कति शव अलपत्र ?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *