र्यापिड टेस्टमा पोजेटिभ देखिएकी महिलाको पिसिआरमा नेगेटिभ रिपोर्ट
सांकेतिक तस्बिर
पोखरा । र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) बाट गरिएको परीक्षणमा पोखराकी एक महिलामा एन्टिबडी पोजेटिभ देखिए पनि पिसिआर प्रविधिमा भने नेगेटिभ देखिएको छ।
पोखरा महानगरपालिकाका १० र १२ वडाका ३४ जनाको आरडीटी विधिबाट नमुना परीक्षण गर्ने क्रममा पोखरा १२, ढिकालेथरकी एक महिलामा एन्टिबडी पोजेटिभ देखिएको थियो।
उनको स्वाब सङ्कलन गरी थप परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला पठाइएकोमा पिसिआर प्रविधिमा परीक्षण गर्दा नेगेटिभ देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुए ।
ती महिला करिब एक महिना अघि दुबईबाट नेपाल फर्किएकी थिइन्। रासस
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment