बैदेशिक रोजगारीमा रहेका नेपाली समस्यामा परेका बेला के गर्दैछ व्यवसायी संघ ?
काठमाडौँ। करिब ७० लाख नेपाली वैदेशिक रोजजारी तथा उच्च शिक्षा हासिल गर्न संसारभर छरिएर रहेका छन्। त्यसमा पनि आफ्नो र परिवारको आवश्यका पूर्ती गर्नका लागि गुजारा गर्न मात्र पुग्ने पारिश्रमिक लिएर विदेसिनेको संख्या धेरै छ।
वैदेशिक रोजगार (मेनपावर) व्यवसायीले वर्षेनी लाखौँका सङ्ख्यामा नेपालीलाई विदेश पठाउने गर्दछन् र प्रत्येक व्यक्तिबाट सरदर एक लाखभन्दा माथि असुल्ने पनि गर्दछन्।
यतिबेला सरुवा रोग महामारीका रुपमा रहेको कोरोना भाइरस रोगले विश्वभर संकट पैदा गरेको छ। यतिबेला अधिकांश देश लकडाउमा छन्।
विश्वभर रहेका नेपालीहरु पनि त्यसको मारमा परेका छन्। केही देशले लकडाउन अवधि भरको लागि मजदुरको पारिश्रमिक राज्यले बेहोर्ने घोषणा गरेका छन्। तर धेरैजसो देशमा सम्पूर्ण आर्थिक भार रोजगारदाता कम्पनी माथि नै रहने छ।
कतिपय कम्पनीले कामदारलाई लकडाउन अबधिको पारिश्रमिक नदिने र लकडाउन खुलेपछि स्वदेश फर्काउने तयारीमा रहेका छन् भने कतिपय कम्पनी हाललाई बेतलबी बिदामा स्वदेश फर्काउने र भविष्यमा आवश्यक परेको खण्डमा मात्र बोलाउने तयारीमा छन्।
यसरी काम तथा पारिश्रमिक नपाउँदा पारिवारिक गुजारा गर्न धौधौ पर्ने अवस्थाले गर्दा पनि कोरोनाको महमारीका कारण सृजित परिस्थितिले गरिएको लकडाउन र अनिश्चितता कारण अब के होला भन्ने कुराले सबैको मन पिरोलेको छ।
वैदेशिक रोजगारीमा रहेका मध्ये धेरै जसो अल्पकालीन वा दीर्घकालीन रुपमा बेरोजगारी हुने निश्चित नै छ। एकातिर कोरोनाले मरिएला कि भन्ने डर उनीहरुमा रहेको छ भने अर्कोतिर भोकले मरिएला कि भन्ने त्यो भन्दा ठूलो डर छ।
यस्तो परिस्तिथिको बेलामा विदेश पठाउने बैदेशिक रोजगार ब्यवसायी र तिनको संस्था वैदेशिक रोजगार व्यवसायी संघले भने खासै चासो देखाएको छैन्। यस्तो अवस्थामा उत्प्रेरणा, आत्माविश्वास बृद्धि गर्ने सक्ने गरी हौसला मात्र भएपनि आश गरेर बसिरहेका छन्।
विदेशमा रहेका नेपालीको मानसिक पीडा, रोजगार गुम्ने त्रास केही कमी हुने थियो। अझ कम्पनिसँगै समन्वय गरी नेपालीको रोजगार बचाउनका लागि पहल गरिदिन्छ भन्ने बिदेशमा भएका नेपालीहरुको आशा रहेपनि पाउन सकिरहेका छैनन्।
वैदेशिक राेजगार व्यवासायी संघका अध्यक्ष विष्णु गैरेले वैदेशिक राेजगारीका क्रममा विभिन्न मुलुकमा रहेका नेपाली कामदारकाे समस्या सवेदनशील भएर अध्ययन गरिरहेकाे बताए।
उनले विभिन्न समितिहरू गठन गरेर वैदेशिक राेजगारीका क्रममा रहेका नेपाली कामदारकाे समस्याप्रति संवेदनशील भएर अध्ययन गरिरहेकाे र बिपत समाधान समितिसँग समेत सहकार्य गरेर अगाडि बढेकाे उनले जनाए।
विपदकाे बेलामा सहानुभूति भन्दा पनि प्राथमिकताका आधारमा अघि बढ्नुपर्ने भन्दै त्यसैअनुरुप अघि बढिरहेको उनकाे भनाइ थियाे।
हाम्रा सबै आठ सय ५४ जना साथीहरुलाई हामीले सूचना सम्प्रेशण गरेका छौं। तपाईँहरुले पठाएको कम्पनीमा कुनै नेपालीको आपत बिपत समस्या छ भने त्यसलाई तुरुन्तै समाधान गर्नुस भनेर भनिसकेका छौं। हाम्रो बिपत समाधान समिति छ त्यसमार्फत के गर्नुपर्छ भनेर समन्वय गरिरहेका छौँ,’ अध्यक्ष गैरेले डिसी नेपालसँग भने।
No ads found for this position

डिसी नेपाल
Facebook Comment