बैदेशिक रोजगारीमा गएका युवालाई आपत्कालीन उद्धारबारे अध्ययन गर्न विशेष समिति गठन
काठमाडौं । बैदेशिक रोजगारीमा गएका लाखौं नेपालीहरुलाई ती देशहरुले फर्काउन दवाव दिएपछि कसरी व्यबस्थापन गर्ने भन्नेबारे तत्काल अध्ययन गरी प्रतिवेदन पेश गर्न सरकारले उच्चस्तरीय समिति गठन गरेको छ । यो समितिले आपतकालीन उद्धार गर्नुपर्ने कामदारहरुको टुंगो लगाउने छ ।
बैदेशिक रोजगारीमा गएका युवालाई स्वदेश फर्काउने र के कस्ता क्षेत्रमा तिनको सीपलाई प्रयोग गर्न सकिन्छ भन्ने बारेमा अध्ययन गर्न सरकारले राष्ट्रिय योजना आयोगका सदस्य डा.रामप्रसाद फुयालको संयोजकत्वमा बैशाख ५ गते समिति गठन गर्ने निर्णय गरेको हो । सरोकारवाला मन्त्रालयहरु क्रमशः अर्थ, पररास्ट्र, श्रम, गृहका सहसचिव सहित समितिका सदस्य छन् ।
पछिल्लोपटक कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि बिदेशमा रहेका करिब ४५ लाख युवा को भबिष्य अन्योलमा परेपछि तिनको ब्यबस्थापनमा सहयोग पुगोस् भन्ने हेतु यो समिति गठन गरिएको हो ।
कोरोना संक्रमणको स्थिति भयावह बन्दै जाँदा विश्व बजारमा कामदारको माग घट्नु स्वभाविक हो । यस मानेमा फुयाल नेतृत्वको समितिले विश्व बजारमा रहेका नेपाली युवालाई नल्याई नहुने, तत्काल उद्धार गर्नु पर्ने र उतै बस्न चाहनेलाई छुट्टयाउने छ ।
संयोजक डा. फुयालका अनुसार करिव एक महिनाभित्रमा तत्कालीन समस्या समाधानका उपाय सुझाउने छ यो समितिले । डिसी नेपालसँग कुरा गर्दै उनले भने, “तत्काल ल्याउनु पर्नेलाई अहिले खाली अवस्थामा रहेका होटेललाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्न सकिनेबारे सम्भाब्यता अध्ययन गरिनेछ ।”
वैदेशिक रोजगार बिभागका अनुसार अहिले १२६ मुलुकसँग नेपालको दुईपक्षीय र बहुपक्षीय सम्बन्ध छ । यसअन्तर्गत करिब ६५ लाख नेपाली बिदेशमा छन् । ती मध्ये ४० लाखले नेपालमा रेमिटान्स पठाउँछन्।
बिभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार खाडी राष्ट्रबाट तत्काल केही युवालाई स्वदेश ल्याउनु पर्ने देखिएको छ । उनी भन्छन् , “हाम्रो अर्थतन्त्र रेमिट्यान्समा आधारित त छ नै वैदेशिक मुद्रा आार्जनको मुख्य स्रोतसमेत भएकोले फर्केका युवालाई ब्यावसायिक कृषि क्षेत्रमा लगाउने तयारी थाल्नुपर्छ ।”
सम्बन्धित निकायमा आफूले यस किसिमको सुझाव राखेको उनको भनाइ छ । महानिर्देशक दाहालले भनेझैं बाहिरबाट सामान ल्याउने नेपालले हिजोसम्म तिनै युवाले पठाइएको मुद्रा प्रयोग गर्न पाउथ्यो भने अब बिदेशी मुद्रा किनेर सामान आयात गर्नु पर्नेछ जो निश्चय नै महङ्गो पर्नेछ। यता, स्वदेश फर्केका युवालाई उचित ब्यवस्थापन गर्न सकिएन भने मुलुकमा गम्भीर समस्याहरु देखा पर्ने निश्चित छ।
No ads found for this position

डिसी नेपाल
कायस्थ भनेको , खै कता बाट , नेपाल पसेर बसेको हो। कायस्थ भनेको बैश्य ( इंडियनहरुले बनीया पनि भन्छन ) .