डिभी चिठ्ठाको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्
काठमाडौं। अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा आएको छ। शनिबार राति ९ः४५ बजे डिभीको नतिजा सार्वजनिक भएको हो।
नेपालस्थित अमेरिकी दूतावासका अनुसार आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC/ मा गई नतिजा हेर्न सकिने छ। दूतावासले यो नै डिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका भएको जानकारी दिएको छ।
तर, नतिजा सार्वजनिक भएको केही मिनेटमै नतिजा जाँच गर्ने वेबसाइट डाउन भएको छ। एकै पटक अत्याधिक प्रयोगकर्ताले वेवसाईट खोलेका कारण ट्राफिक अट्याकमा परेर साईट खुल्न सकेको छैन।
हरेक वर्ष विभिन्न मुलुकबाट लाखौं मानिसहरू यही चिठ्ठा कार्यक्रम मार्फत अमेरिका जाने गरेका छन्। डाइभर्सिटी भिसा लोट्री प्रोग्रामलाई ग्रिन कार्ड लोट्री कार्यक्रमको नामबाट चिनिन्छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment