मलेशियामा अलपत्र तीन दर्जन बढी नेपाली कामदारले न्युनतम पारिश्रमिक पाउने

डिसी नेपाल
९ साउन २०८० ११:१७

क्वालाम्लमपुर। वैदेशिक रोजगारीका लागि मलेशिया पुगेका ३ दर्जन बढी नेपाली श्रमिकले न्युनाेतम पारिश्रमिक पाउने भएका छन्।

वैदेशिक राेजगारीका लागि मलेशिया पुगेका नेपाली श्रमिकले लामाे समयदेखि पारिश्रमिक नपाएकाे समाचार सार्वजिनक भएपछि नेपाली श्रमिकलाई न्युनाेतम पारिश्रमिक दिन ब्लाक हम्मर कम्पनी तयार भएकाे हाे।

मलेशियामा नेपाली श्रमिक अलपत्र परेकाे समाचार सार्वजनिक भएसँगै नेपाली मजदुर एकता समाजले साे विषायमा चासाे लिएकाे थियाे।

मजदुर समाजका महासचिव समर्पण भट्टराईले नेपाली कामदारको न्युनतम पारिश्रमिक उपलब्ध गराउन र नियमित काम दिन कम्पनीले नसके क्षतिपूर्तीसहित कामदारलाई स्वदेश फर्काउन वैदेशिक रोजगार बिभागका महानिर्देशक मदन दाहाल, मलेशियास्थित नेपाली राजदूतावासका डिसिएम मोति श्रीश महर, श्रम सहचारी र सम्बन्धित म्यानपावर कम्पनीसँगको पहलपछि कामदारको समस्या समाधान गर्न सम्बन्धि कम्पनी तयार भएकाे हाे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *