हप्तामा एक दिन मदिरा पसल खोल्न पाउनुपर्ने व्यवशायीको माग

डिसी नेपाल
७ वैशाख २०७७ १३:५३

काठमाडौं । मदिरा व्यवसायीहरुले ठूला व्यापारिक घरानालाई व्यापार गर्न दिएर आफूहरुलाई अन्याय गरेको बताएका छन्।  मदिरा व्यवशायीहरुले लकडाउनका बेला आफ्ना पसलहरु हप्तामा केही दिन भएपनि खोल्नकालागि अनुमति दिन आग्रह गरेका छन्।

पछिल्लो समय विश्वभर फैलिएको महामारीका कारण पछिल्लो करिव १ महिनादेखि नेपाल लकडाउनमा परेको र यस्तो बेला साना व्यवशायीहरु समेत मारमा परेको बताउदै सरकारले भाटभटेनीलाई खुला गर्न दिएर अन्यलाई अन्याय गरेको दावी गरेका हुन् ।

यस्तो बेलामा अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरिएका छन । तर सरकारले अत्यावश्यक सेवा मानिएका खाद्य, खुद्रा सामानका पसलहरु खुला गरेको छ । यही मौकामा खाद्य खुद्रा पसलहरुले मदिरा बेच्ने गरेको भएपनि मदिरा पसललाई भने खोल्नका लागि अनुमति नदिएको मदिरा व्यवसायी संघका केन्द्री अध्यक्ष सोनाम शेर्पाले बताए ।

उनका अनुसार हाल किराना पसल तथा विभिन्न डिपार्टमेन्टल स्टोरहरुले भटाभट मदिरा पदार्थ अवैधानिक रुपमा बेचेपनि सरकारले यसमा ध्यान दिएको छैन । अध्यक्ष शेर्पाले मदिरा व्यवसायका पसलहरु हरेक दिन खोल्न नदिएपनि एक हप्ता एक वा दुई पटक खुलाउन अनुमति दिन माग गरे ।

‘हामीलाई हरेक दिन खोल्न दिनु पर्देन तर एक हप्तामा एक वा दुई पटक खोल्न दिनपर्छ, अमेरिका, स्पेन, चीन लगायतका मुलुकमा पनि यही विधि अपनाइएको थियो हामी मापदण्ड पूरा गरेर व्यवशाय गर्न तयार छौ’, अध्यक्ष शेर्पाले भने ।

सरकारले अत्यावश्यक सेवाबाहेकका पसलहरु बन्द गरेको आफूहरुलाई आपत्ति नभएको तर ठूला डिपार्टमेण्टबाट मदिरा बेचिरहेका र आफूहरुलाई भने बेच्न नदिएकोमा मात्र गुनासो भएको बताए । बैध मदिरा पसलहरु बन्द हुँदा राजश्वमा असर परेको र गुणस्तरहीन मदिरामा गोप्य विक्री बढेको पनि उनले गुनासो गरे ।

समस्या सबैलाई भएको तर ब्यापारीलाइ मात्र मर्का पर्ने र बैंकको व्याजबाट जोगिने अवस्था समेत नभएको उनको भनाई थियो । सरकारले अत्यावश्यक सेवामा भिड नलाग्ने र मदिरामा मात्रै भिड लाग्ने जसरी मदिरा पसललाई मात्रै कडी लगाएको उनको आरोप छ ।

महासंघका केन्द्रीय अध्यक्ष सोनाम शेर्पाका अनुसार अहिले सरकारको नियम भित्र बसेर लाईसेन्स लिई राजस्व तिरेर व्यवसाय गर्नेहरुले व्यवसाय बन्द गर्नु पर्दा घरेलु मदिराको बिक्रीवितरण अधिक बढ्न गै राष्ट्रको राजस्व समेत गुमेको अवस्था सिर्जना भएको छ ।

त्यस्तै घरेलु मदिरा सेवनले नागरिकको स्वास्थ्यमा समेत गम्भीर असर परेको उनको दावी छ । हाल मदिरा को ब्याबसाय लकडाउन को समयमा पनि अमेरिका दुबई, ईन्डिया लगायत देशहरुमा खुल्ला गरिसकेको स्मरण गराउँदै नेपालमा भनें सरकारको नियममा बसेर राजस्व तिर्ने व्यवसायीहरु व्यवशाय गर्न तयार भएको पनि बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *