खाडीका कामदार ल्याउन महतोको छुट्टै प्रस्ताव

डिसी नेपाल
८ वैशाख २०७७ ९:०७

काठमाडौं। गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले विदेशमा भएका नेपाली कामदाहरुको राहत र उद्धारका लागि नेपालको सामाजिक सुरक्षा कोषको रकम खर्च गर्न माग गरिरहेका बेला सोही संघका केही पदाधिकारीसहित पूर्वअध्यक्ष उपेन्द्र महतो भने सहकार्यको प्रस्ताव लिएर मन्त्री निवास पुगेका छन्।

वैदेशिक रोजगारीमा रहेका युवालाई स्वदेश फिर्ता ल्याउनेबारे आफूहरुले सहकार्यको हात बढाउन चाहेको जानकारी उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवलाई दिएका छन्।

हिजो आइतवार अपरान्ह मन्त्री क्वाटरमा पुगेर पूर्वअध्यक्ष उपेन्द्र महतो र बर्तमान कार्यसमितिका पदाधिकारीले तत्काल उद्दार गर्नुपर्ने कामदार युवाहरुलाई ल्याउन आफूहरुले सघाउने प्रस्ताव गरेका थिए।

महतो र एनआरएनएका केही पदाधिकारीहरुको प्रस्तावलाई लिखितरुपमा ल्याउन मन्त्री यादवले आग्रह गरेका छन्। संघका अध्यक्षको केही फरक भनाइ आएका बेला महतोको प्रस्ताव एनआरएनएको तर्फबाट हो कि व्यक्तिगत हो भन्ने स्पष्ट भइसकेको छैन।

श्रम मन्त्री यादवका अनुसार उनले सहयोगको प्रस्तावका लागि धन्यवाद दिँदै प्रस्तावलाई औपचारिक बनाउन आग्रह गरेको बताए। डिसी नेपालसँग कुरा गर्दै मन्त्री यादवले भने, ‘औपचािरक प्रस्ताव आयो भयो कार्यान्वयनका लागि उच्चस्तरीय समितिमा लैजान्छु।’

विषयगत जानकारी र कार्यन्वयनमा सजिलो होस भनेर वैदेशिक रोजगार बिभागका महानिर्देशक पनि बैठकमा बसेको मन्त्री यादवले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *